Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

बाल विवाह र बाल मातृ न्यूनीकरण गर्न पैयुँमा ‘सन्चो बिसन्चो कार्यक्रम’

पर्वत : आमाको उमेर २० वर्ष नपुगी बच्चा नजन्माउन र उपयुक्त जन्मान्तर कायम गर्नको लागि पर्वतको पैयुँ गाउँपालिकाले ‘गर्भवती तथा सुत्केरी महिलासँग उपाध्यक्ष सन्चो बिसन्चो कार्यक्रम’ सुरु गरेको छ।

यो कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरी महिलालाई पाँच हजार रुपैयाँ प्रदान गर्न थालिएको छ। चालु आर्थिक वर्षबाट परीक्षणका लागि सुरु गरिएको यो अभियानमा बिशेषतः २० वर्ष उमेर पार गरेका गर्भवती तथा सुत्केरीहरूलाई समावेश गरिने भएका कारण सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माउने समस्याको अन्त्य होस भनेर यो कार्यक्रम सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले बताए।

‘कतिपय कुरामा नीतिगत कुरा पनि आउन सक्ला, सुत्केरी हुँदा साथ पाउनुपर्छ कम उमेर भए पनि प्रश्न पनि आउला तर हाम्रो उद्देश्य भनेको सानो उमेरमा हुने विवाह, कम उमेरमै आमा बन्ने चलन र थोरै जन्मान्तरलाई अन्त्य गर्नु हो,’ उनले भने, ‘यो वर्ष कार्यान्वयन गरेर हेर्छौँ, यसको प्रभावकारिताको बारेमा अध्ययन गरेपछि आगामी वर्षहरूमा निरन्तरता दिने नदिने निधो हुन्छ, तर राम्रो हुन्छ भन्ने लागेको छ।’

अधिकृत लामिछानेका अनुसार गाउँपालिका दिने उक्त रकम पाउनको लागि बच्चा जन्मिँदासाथ स्वास्थ्य संस्थाले उपलब्ध गराउने गरेको ‘बर्थ सर्टिफिकेट’, नागरिकताको प्रमाणपत्र र गर्भावस्थामा तोकिएको मापदण्ड अनुसार चार पटकसम्म गर्भ जाँच गरेको कागजात पेश गर्नुपर्छ। 

नागरिकताको प्रमाणपत्रको आधारमा आमाको उमेर जाँच गरेपछि उनीहरूलाई कार्यक्रम अन्तरगतको रकम उपलब्ध गराइन्छ। चार पटक स्वास्थ्य परीक्षण गरेको भए सुत्केरी हुनु अगाडि नै पनि पैसा लिन सकिने कार्यक्रमको कार्यविधिमा उल्लेख गरिएको छ। 

आर्थिक अभावका कारण स्वास्थ्य संस्थासम्म जान नसक्नेहरूलाई ध्यानमा राखेर सुत्केरी हुनु पूर्व नै रकम दिने समेत व्यवस्था गरिएको हो। गर्भैमा बच्चाको मृत्यु भएको भएमा वा जन्मेपछि मृत्यु भएमा पनि महिलाले उक्त रकम पाउँछिन्। ती अवस्थामा पनि महिलालाई पोषणको आवश्यकता पर्ने भएकाले रकम दिने निर्णय कार्यपालिकाले गरेको हो।

गाउँपालिकाकी उपप्रमुख जसमती गुरुङका अनुसार गर्भवती तथा सुत्केरीलाई आवश्यक पर्ने स्वास्थ्य सुरक्षा, पोषण सुरक्षा, आर्थिक समस्या समाधान गर्नुका साथै बर्थिङ सेन्टरमा पुगेर स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा बच्चा जन्माउने बानीको विकास गर्नको लागि पनि यो कार्यक्रमलाई महत्त्वपूर्ण मानिएको छ। 

स्वास्थ्यकर्मीको निगरानीमा बच्चा जन्माउँदा र उमेरले २० वर्ष पार गरेपछि मात्रै सन्तान जन्माउँदा महिलाको स्वास्थ्यमा असर नहुने भएकाले चालु आर्थिक वर्षका लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएको उनको भनाई छ।

‘पैसा नपाएपछि वा सेवा सुविधा रोकिएपछि २० वर्षपछि मात्रै बच्चा जन्माउनको लागि प्रेरणा मिल्छ भन्ने हामीलाई लागेको छ। वार्षिक करिब ८० जना गर्भवती भएको हुन सक्ने अनुपात हामीले निकालेका छौँ,’ गुरुङ भन्छिन्, ‘यो अभियानले मातृ तथा शिशु मृत्युदर मा कमी ल्याउनेछ। अति गरिब तथा समस्यामा रहेको परिवारलाई यो सहयोग ठुलो हुन्छ।’

कार्यक्रम अनुसार खाद्य सामग्री पनि वितरण गर्न सकिन्छ तर नगद नै दिँदा आवश्यक सामग्री खरिद गर्न सहज हुने भएकाले नगद वितरणमा जोड दिइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP