Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

छाउपडीविरुद्ध एकजुट हुँदै जुम्ली महिला

जुम्ला : तिला गाउँपालिका-२ लिहीगाउँकी बैशागी सार्कीलाई महिनावारी हुँदा गोठमा असुरक्षित रूपमा बस्दा स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने थाहा थिएन। तत्कालीन नेकपा (माओवादी)ले गरेको सशस्त्र युद्धका बेला महिनावारी भएका बेला घरमै बस्नुपर्छ भनी समाजमा दवाब दियो। उनीहरू त्यो बेला डरका कारण घरमै बसे।

त्यसपछि उनी महिनावारी हुँदा गोठमा बस्न छाडिन्। छोरी र बुहारीलाई पनि बस्न दिइनन्। अहिले त तिला गाउँपालिकाले नै छुइगोठमुक्त कार्यक्रम ल्याएपछि उनमा खुसीको सीमा नै छैन। किनकि‚ यो कार्यक्रमको अगुवा गर्ने अवसर बैशागीले पाएकी छन्।

‘मैले छाउपडीविरुद्धको अभियानमा अगुवाइ गरें। मलाई गाउँपालिकाले सम्मान गरेको छ। यसले अरु थप काम गर्ने ऊर्जा थपेको छ‚’ ’ उनले भनिन्‚ ‘अब सबैसँग मिलेर बालविवाह गर्दा हुने समस्याबारे सचेतना दिने काम गर्नेछु।’ 

बालविवाह जस्ता समाज सबै प्रकारका कुरीति अन्त्य गर्नका लागि महिनाको एक पटक गाउँमा जाने गरेको उनले बताइन्। ‘ अझै पनि गाउँगाउँमा कुरीतिका कारण हिंसा फैलंदो छ‚’ बैशागीले भनिन्‚ ‘जबसम्म हामी महिलाले समाजले जन्माएका नकारात्मक पाटा तथा अलिखित कानुन पन्छाउन सक्दैनौं तबसम्म हामीमाथिको हिंसा कम हुने देखिँदैन।’

कुरीतिविरुद्ध महिलाको अभियान

पछिल्लो समयमा जुम्लाका महिला छाउपडीविरुद्ध लड्न थालेका छन्। समाजमा वर्षौंदेखि जरा गाडेर बसेको छाउपडी, बालविवाह, बोक्सी प्रथाजस्ता कुरीतिसँग लड्न थालेका हुन्। 

बैशागी उदाहरण मात्र हुन्। तिला गाउँपालिकामा उनीजस्तै धेरै महिलाले विभिन्न समूह बनाएर कुरीतिविरुद्ध अभियान नै चलाउँदै आएका छन्। पहिले चुलोचौकामा सीमित हुने महिलाले अहिले कुरीतिविरुद्ध आवाज उठाउन थालेका छन्। 

‘गाउँमा सभा‚ सम्मेलन हुँदा परिचय दिन कठिन हुन्थ्यो,’ गाउँ कार्यपालिका सदस्य बाटु बुढाले भनिन्, ‘अहिले निर्धक्क भएर समाजमा रहेका कुरीतिविरुद्ध लड्न सक्ने भएका छौं।’

समूहको विभिन्न क्रियाकलापले महिलाहरूमा साहस बढेको बाटुले बताइन्। महिलाहरू सक्रिय भए विकृतिजन्य क्रियाकलाप हट्दै जाने उनको बुझाइ छ। ‘महिला एक जुट हुन जरुरी छ‚’ उनले भनिन्, ‘एकता नै बल हो भन्ने सन्देश प्रवाह गर्न हामी महिलाले आवश्यक छ।’

रारालही गाउँकी दुर्गा बुढा महिलामाथि हुने अन्यायबारे आवाज उठाउनुपर्ने बताउँछिन्। बालविवाह, बहुविवाह‚ घरेलु हिंसाबारे आवाज उठाउनुपर्ने उनको भनाइ छ। महिला समूहको क्रियाकलापले उक्त ज्ञान दिएको दुर्गाको बुझाइ छ। ‘यस्ता विषयमा गाउँमा छलफल गर्न थालेका छौं‚’ उनले भनिन्, ‘घरेलु हिंसाबारे न्यायिक निकायामा उजुरी गर्न सक्ने भइसकेका छौं।’

आर्थिकरुपमा सवल बन्न जोड

तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णु बुढा महिलाहरु घरायसी कामकाजमा मात्र सीमित भएर बस्न नहुने बताउँछिन्। ‘महिलाहरू घरायसी काम त्यागेर भए पनि सामाजिक कार्यमा अग्रसर हुन थाल्नुपर्छ‚’ उनले भनिन्‚ ‘चुलोचौकामा सीमित हुँद महिला हिंसा बढ्यो।’

यद्यपि‚ अहिले महिलाहरू सामाजिक क्रियाकलापमा सक्रिय हुने थालेको उनको अनुभव छ। गाउँमा हुने विकास निर्माणका क्रियाकलापमा समेत महिलाहरूले सक्रिय सहभागिता जनाउन थालेको उनले बताइन्।

पछिल्लो समयमा यहाँका महिलाहरूले आफ्ने अधिकार खोज्न थालेको उपाध्यक्ष बुढाले बताइन्। तर‚ महिलाहरू आर्थिक रुपमा अरुमा निर्भर नभइञ्जेल महिला हिंसा कम नहुने उनको भनाइ छ। जसका लागि सम्पत्तिमाथि महिलाको समान हक हुन आवश्यक रहेको बढाले बताइन्।

उपाध्यक्ष बुढा महिलाको  क्षामता विकास नै गाउँको विकास भएको बताउँछिन्। त्यसैले महिलाको क्षमता अभिवृद्धिमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ।

गाउँपालिकाका अअध्यक्ष रतन नाथ योगीले महिलाहरूको सशक्तीकरणका लागि स्थानीय सरकारले काम गरिरहेको बताउँछन्।

‘स्थानीय सरकार गठन भएदेखि सामाजिक संघसंस्थासँग मिलेर महिला तथा धामी झाँक्रीलाई चेतना फैलाउँदै गाउँलाई छुई गोठमुक्त गर्ने अभियानमा जुटेका छौं‚’ योगीले भने‚ ‘गाउँपालिकाको आयोजना तथा सर्वोदय नेपाल जुम्लाको आर्थिक समन्वयमा  महिनावारी भएको अवस्थामा छुई गोठमा नबस्ने भन्दै सामूहिक रूपमा प्रतिवद्धतापत्रमा हस्ताक्षर गराई छुई गोठमुक्त गाउँ घोषणा गरिएको छ।’

थालेको सर्वोदय नेपालका कार्यकारी निर्देशक कमल खत्री पछिल्लो समय महिनावारीको बेला गोठमा बस्ने चलन कम हुँदै गएको बताउँछन्। उनले भने‚ ‘छुईगोठमुक्त गर्न बाधक बन्ने धामीझाँक्रीलाई सम्झाइबुझाई गरी उनीहरुकै घरबाट छुई भएका महिलालाई घरमै बसाल्न थालेपछि अहिले सिंगो गाउँनै छुईगोठ मुक्त भएको छ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP