Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

जनगणना : मातृ मृत्युसम्बन्धी सत्यतथ्य सूचना दिन स्वास्थ्य मन्त्रालयकाे आग्रह

काठमाण्डाै – सरकारले राष्ट्रिय जनगणनामा आधारित मातृ मृत्यु अध्ययन थालेको छ । हिजोदेखि आउँदो मंसिर ९ गतेसम्म हुने जनगणनामा गणकले कुनै घर परिवारमा विगत १२ महिनामा १५ देखि ४९ वर्षका महिलाको मृत्यु भएको पत्ता लागेमा ‘मातृ मृत्यु सूचित फाराम’ भरी त्यसको जानकारी जनगणनामा खटिएका सुपरिवेक्षक तथा तालिम प्राप्त स्थानीय स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने छन् ।

यो जानकारी स्वास्थ्यकर्मीले पालिकामार्फत मंसिर महिनाभित्र स्वास्थ्य मन्त्रालयलाई बुझाउनेछन् । यो अध्ययन राष्ट्रिय प्राथमिकतामा प्राप्त कार्यक्रम भएकाले जनगणनामा घर घरमा पुग्ने गणकहरुलाई मातृ मृत्युसम्बन्धी सत्य, तथ्य सूचना उपलब्ध गराइदिन मन्त्रालयले आग्रह गरेको छ ।

केही वर्षयता सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रजनन उमेरका महिलाको मृत्युमध्ये झण्डै १२ प्रतिशतको मृत्युको कारण मातृ मृत्यु रहेको पाइन्छ ।

सन् २०१६ मा मातृ मृत्यु अनुपात २३९ रहेकोमा दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा यसलाई ७० मा झार्ने सरकारको लक्ष्य छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP