काठमाडौं । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । विभिन्न पदमा स्थायी पदपूर्ति गर्नका लागि लोकसेवा आयोगको सहमतिमा रेडियो नेपालले दरखास्त आह्वान गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले शुक्रबारदेखि २१ दिनभित्र वा दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।
दरखास्त फाराम र पाठ्यक्रम रेडियो नेपालको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ भने कर्मचारी छनौट खुला प्रतियोगितात्मक परीक्षाद्वारा गरिनेछ । दरखास्त आह्वान भएकामा इन्जिनियर, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कार्यक्रम अधिकृत, गायन–बाद्य संयोजक, सम्पादक (नेपाली), संवाददाता, प्रधान सहायक, लेखापाल, समाचार बाचक नेपाली, कार्यालय सहायक, लेखापाल, प्राविधिक सहायक, कार्यक्रम सहायक जस्ता पद रहेका छन् ।

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया