Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

दीर्घरोगीलाई दिन लागेको फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत

काठमाण्डाै – दीर्घरोगीका लागि दिन लागेको कोरोना भाइरस विरुद्धको फाइजर खोप ढुक्क भएर लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको  छ ।

फाइजर खोप नेपालसहित एक सय ३२ देशमा प्रयोग गरिएको र सुरक्षित देखिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर खोप लगाउन आग्रह गर्नुभयो । फाइजर खोपको अभियान भोलिदेखि मङ्सिर ४ गतेसम्म सञ्चालन हुँदैछ ।

खोपको दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गतेसम्म सञ्चालन हुनेछ । खोप १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई देशभरिका २४ वटा अस्पतालबाट प्रदान गरिनेछ । यो खोप दीर्घरोगीलाई लगाइसकेपछि बालबालिका लगाइनेछ । नेपाललाई अमेरिकाले एक लाख ६ सय २० मात्रा फाइजर खोप उपलब्ध गराएको छ ।  

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले बालबालिका लागि फाइजर खोप लगाउन ६० लाख मात्रा खरिद गरिएकाे जानकारी दिनुभयाे। उहाँले आउँदो पुसमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लागि फाइजर खोप प्रदान गरिने जानकारी दिनुभयो ।

खोप लगाउँदा सुरुसुरुमा ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, जोर्नी दुख्ने, खान मन नलाग्ने, थकाइ लाग्ने, वाकवाकीजस्ता समस्या देखिए पनि दुई/तीन दिनमा सिटामोल खाएपछि सञ्चो हुने डा सिंहले बताउनुभयो । खोप लगाउन जाँदा अस्पताल वा डाक्टरले सिफारिस गरेको दीर्घरोगको उपचारसम्बन्धी पुर्जा लिएर जानुपर्नेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP