Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपाली महिला क्रिकेट टोलीलाई पहिलो अन्तर्राष्ट्रिय सिरिज जित्ने मौका

काठमाडौं : नेपाली महिला क्रिकेट टोलीले आज घरेलु टीम कतारसँग दोस्रो टी-२० क्रिकेट खेल्दै छ।  तीन खेलको टी–२० क्रिकेट सिरिज अन्तरगत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो। खेल कतारस्थित वेष्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट मैदानमा अपरान्ह पौने चार बजे सुरु हुने छ। नेपालले सिरिज अन्तर्गत पहिलो खेलमा कतारलाई १ सय १९ रनको विशाल अन्तरले पराजित गरेको थियो। 

नेपाल आजको खेलमा सहज जित निकाल्दै सिरिज कब्जा गर्ने दाउमा हुनेछ। आफू भन्दा निकै कमजोर देखिएको कतारलाई एक खेल अघि नै पराजित गर्दै सिरिज आफ्नो नाममा गर्न चाहन्छ नेपाल। हिजोको खेलबाट उच्च मनोबलका साथ मैदानमा उत्रदैछ नेपाल। कतार पनि नेपाललाई रोक्ने दाउमा हुनेछ। 

मंगलबार भएको खेलमा इन्दु बर्माले कीर्तिमानी अर्धशतक प्रहार गर्दा नेपालले सिरिजमा १–० को अग्रता बनाएको थियो।  इन्दु नेपालका लागि ट्वान्टी–२० महिला क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन्। 

नेपालकी कप्तान रुविना क्षेत्रीले पहिलो खेलमा १ दशमलव ५ ओभर बलिङ गर्दै ३ विकेट हात पारेकी थिइन्।

आईसीसी महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोटको तयारीस्वरूप नेपालले कतारसँग तीन खेलको ट्वान्टी–२० सिरिज खेलिरहेको हो। सिरिज अन्तर्गत कतारसँगको अन्तिम खेल मंसिर ३ गते हुनेछ। त्यसपछि नेपाल विश्वकप छनोटका लागि दुबई प्रस्थान गर्नेछ। विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ।

छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र यूएईसहित ६ राष्ट्र सहभागी छन्। 

विजेता टोलीले आगामी वर्ष हुने ट्वान्टी–२० ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ। मंसिर ७ गते दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दा मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP