Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

काठमाडौंको काँडाघारीमा जमिनमुनीबाट ग्यास निस्कियो

काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । बुधबार कागेश्वरी मनहरा ९ को सुन्दरचोकस्थित तरकारी बजार नजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो । स्थानीयले घर बनाउन चाहिने पानीको ब्यवस्था गर्नका बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको थियो । बुधबार दिउँसो १२ बजेबाट ग्यास निस्किएको स्थानीयले बताएका छन् । सुरुको ४ घण्टा तिब्र गतिमा सुक्खा ग्यास मात्र निस्किएकोमा साँझ ४ बजेदेखि हिलो समेत निस्किएको छ ।

ग्याससँग निस्किएको हिलो र ढुङ्गा आसपासका घरहरुमा पुगेपछि स्थानीय त्रसित बनेका छन् । ग्यास निस्किएको सम्बन्धमा सुरक्षाकर्मीलाई तत्काल नै खबर गरिए पनि नियन्त्रणका लागि हालसम्म कुनै पहल नभएको स्थानीयले बताएका छन् । भूगर्भ विभागबाट प्रतिनिधिहरू आए पनि कुनै प्रतिकृया नदिई आफैं ग्यास नियन्त्रण हुन्छ भन्दै फर्किएको स्थानीयको भनाई छ ।

काठमाडौंको कागेश्वरी मनहरामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । बुधबार कागेश्वरी मनहरा ९ को सुन्दरचोकस्थित तरकारी बजार नजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो । स्थानीयले घर बनाउन चाहिने पानीको ब्यवस्था गर्नका बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको थियो । बुधबार दिउँसो १२ बजेबाट ग्यास निस्किएको स्थानीयले बताएका छन् । सुरुको ४ घण्टा तिब्र गतिमा सुक्खा ग्यास मात्र निस्किएकोमा साँझ ४ बजेदेखि हिलो समेत निस्किएको छ ।

ग्याससँग निस्किएको हिलो र ढुङ्गा आसपासका घरहरुमा पुगेपछि स्थानीय त्रसित बनेका छन् । ग्यास निस्किएको सम्बन्धमा सुरक्षाकर्मीलाई तत्काल नै खबर गरिए पनि नियन्त्रणका लागि हालसम्म कुनै पहल नभएको स्थानीयले बताएका छन् । भूगर्भ विभागबाट प्रतिनिधिहरू आए पनि कुनै प्रतिकृया नदिई आफैं ग्यास नियन्त्रण हुन्छ भन्दै फर्किएको स्थानीयको भनाई छ ।

बोरिङ खन्दा ग्यास निस्किएपछि दिउँसो आसपासको करिब १ किलोमिटर क्षेत्रमा धुलो फैलिएको थियो भने साँझमा निस्किन थालेको हिलो र ढुङ्गा नजिकका घरहरुमा झरेर फोहर बनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP