काठमाण्डाै – ललितपुर महानगरपालिकामा आज र भोलि दुई दिन भेराेसेल खोपको दोस्रो मात्रा लगाइँदै छ । खोप लगाउनका लागि पहिलो मात्रा लगाएको २१ दिन पूरा भएका नागरिकले आ–आफ्नो वडामा सम्पर्क गर्नु पर्नेछ ।
खोप लगाउन जाँदा अनिवार्य रुपमा पहिलो मात्रा खोप लगाएको कार्ड समेत साथमा लिएर जानुपर्ने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहान १० बजेदेखि बेलुकी पाँच बजेसम्म खोप लगाइनेछ । आज लगाउन छुटेका व्यक्तिले भोलि समेत खोप लगाउन पाउनेछन् ।

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया