Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

औषधिको सही प्रयोग नहुँदा मानिससँगै पशुपन्छी र बोटबिरुवामा जीवाणु हाबी हुँदै

काठमाण्डाै – मानिससँगै पशुपन्छी र बोटबिरुवामा जीवाणु हाबी हुँदै गएको छ । पछिल्लो समय जीवाणुमा औषधिविरुद्धको प्रतिरोधी क्षमता बढ्दै गएको  विज्ञले बताएका छन् । जीवाणु शक्तिशाली बन्दै जानुमा जथाभाबी औषधिको प्रयोग नै मुख्य कारण भएको विज्ञको भनाइ छ ।

विज्ञकाअनुसार नेपाल जस्ता विकासोन्मुख देशमा यो समस्या अझ बढ्दो छ । तर, औषधिले काम नगर्ने अवस्था विश्वव्यापी जनस्वास्थ्यको समस्याका रुपमा देखा पर्न थालेको छ । विज्ञले मानिस तथा पशुपन्छीमा हुने सङ्क्रमण रोकथाम तथा उपचारमा प्रयोग हुने एन्टीमाइक्रोबियल औषधिको सही प्रयोग गर्न आग्रह गरेका छन् ।

जथाभाबी औषधिको प्रयोग रोक्नका लागि चेतना जगाउन आजदेखि सप्ताहव्यापी सचेतना अभियान सुरु भएको छ । आजदेखि आउँदो ८ गतेसम्म ‘सचेतना फैलाउँदै प्रतिरोध रोकौँ, एन्टीमाइक्रोबियलको प्रयोग सावधानीपूर्वक गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदैछन् ।

विश्व स्वास्थ्य सङ्गठन र खाद्य तथा कृषि सङ्गठन, तथा विश्व पशु स्वास्थ्य सङ्गठनको संयुक्त आह्वानमा सन् २०१५ देखि हरेक वर्ष नोभेम्बर १८ तारिखदेखि २४ तारिखसम्म एन्टीमाइक्रोबियल सचेतना सप्ताह मनाउने गरिएको छ ।  विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वभर एन्टीमाइक्रोबियल औषधिले काम नगर्दा बर्सेनि झण्डै सात लाख मानिसको ज्यान जाने गरेको छ ।

जनचेतना नजगाउने हाे भने सन् २०५० सम्ममा यो सङ्ख्या बढेर बर्सेनि एक करोडसम्म पुग्ने देखिएको सङ्गठनले जनाएको छ । साथै एकसय खर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति हुने अनुमान समेत छ ।

मानव तथा पशु स्वास्थ्य र वातावरण लगायतमा असर पुग्ने बजारमा उपलब्ध औषधिको गुणस्तर मापन गर्न, औषधिको गलत प्रयोगबारे नागरिकलाई जनचेतना जगाउन, डाक्टरको सिफारिस विनाका औषधि प्रयोग गर्न/नगर्न विज्ञको जोड छ । साथै कोरोना भाइरसको सङ्क्रमणकाे जोखिम कायमै रहेका बेला  थप सचेत हुनुपर्नेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जोड छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP