Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने, हिमाली क्षेत्रमा हिमपातकाे सम्भावना

काठमाण्डाै – देशका धेरै ठाउँको मौसम बद्ली भएकाे छ। आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने मौसमविद्ले बताएका छन्।

वाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा फाट्टफुट्टदेखि हल्का पानी पर्ने मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो।

बिहान काठमाण्डौ उपत्यकाका केही ठाउँमा पनि फाट्टफुट्ट पानी परेको थियो । यस्तै उच्च पहाडी र हिमाली क्षेत्रमा आज  पनि हिमपात हुने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले जानकारी  दिनुभयो । उहाँका अनुसार हिजोदेखि नै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण आज र भोलि पनि हिमपात हुने सम्भावना रहेको उहाँले बताउनुभयो । नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको प्रभावले देशका देशका धेरैजसो ठाउँमा चिसो बढ्ने क्रममा रहेको छ ।

काठमाण्डौको न्यूनतम तापक्रम आज नघटे पनि मौसम बद्लीएकाले चिसो महसुस भएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ११ दशमलव १  डिग्री सेल्सियस छ । मौसम बद्ली भएकाले अधिकतम तापक्रम भने आज पनि घट्ने सम्भावना छ।

पर्सि आइतवारदेखि भने मौसम खुल्ने सम्भावना रहेको मौमसविद्ले बताएका छन् । यस्तै, मौसमविद्ले पर्वतारोहणमा जाँदा मौसमको अवस्थाबारे जानकारी राख्न सुझाव दिएका छन् ।

हिमपातको सम्भावना रहेकाले पर्वतारोहणमा जानु अघि मौसमको अवस्थाबारे बुझ्न उनीहरुले सुझाव दिएका हुन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP