Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

लुम्बिनी प्रदेशलाई सडक आश्रित मानव मुक्त बनाउने अभियान

दाङ :  मानवसेवा आश्रमले २०७८ साल भित्रमा लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानव मुक्त प्रदेश बनाउने भएको छ।  

सडक आश्रित मानव मुक्त  राष्ट्र निर्माणको लागि २०६९ सालमा मकवानपुर जिल्लाको हेटौडामा विशुद्ध परोपकारी सामाजिक संस्थाको रुपमा स्थापना भएको मानव सेवा आश्रमले हाल सम्म ७ प्रदेशका १७ जिल्लामा आश्रमहरू सञ्चालन गर्दै आएको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए।

प्रदेशका दुई जिल्ला २०७६ साल जेठ १८ गते रूपन्देही र २०७८ साल बैशाख ३ गते दाङको तुलसीपुरमा शाखा सञ्चालनमा ल्याएको समेत उनको भनाइ छ।  उनकाअनुसार आउँदो माघसम्म दाङको तुलसीपुर उपमहानगरपालिकालाई र यो आर्थिक वर्षमा  जिल्लालाई सडक मानव मुक्त जिल्ला घोषणा गर्ने लक्ष्य रहेको छ।

प्रदेशमा आश्रमले हालसम्म ५५७ जनालाई सेवा प्रदान गरेकामा ति मध्य १९० जनाको पारिवारिक पुनर्मिलन भएको प्रदेश संयोजक सरू अधिकारीले बताइन्। उनकाअनुसार उपचारपछि स्वेच्छाले ११० जना गएको र आश्रमको संरक्षणमा ६३ जनाको निधन भएको छ। यस्तै ६९ जनाको सामुदायिक पुनर्स्थापना भएको र हाल १६४ जना आश्रित रहेको उनले बताइन्।

यस्तै  दाङमा तुलसीपुर शाखा स्थापना भएदेखि  अहिलेसम्म ४५ जना सडक आश्रित ब्यक्तिहरू सेवा प्रदान गरेको जिल्ला संयोजक उर्विन सापकोटाले बताए। उनकाअनुसार  २ जनाको पुनर्मिलन भएको र ४ जना उपचारपछि स्वेच्छाले गएको र २ जनाको आश्रममा संरक्षणको बेला निधन भएको थियो।

सडकपेटी र सार्वजनिक स्थलहरूमा अत्यन्तै जटिल एवं कष्टपूर्ण जीवनयापन गरिरहेका बेसाहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर ब्यक्तिहरू उद्धार गर्ने लक्ष्यका साथ आफूहरूले यो संस्था सञ्चालनमा ल्याएको समेत संस्थापक अध्यक्ष अधिकारीको भनाइ छ।

त्यस्तै उनले उद्धार गरिसकेपछि उनीहरूको परिवार खोजी गर्ने र सम्भव भएसम्म परिवारमा पुनर्मिलन गर्ने गरेको समेत बताए ।  हेटौडामा ५ जना सडक आश्रित ब्यक्तिहरुलाई उद्धार गरी शुरु गरिएको संस्थामा अहिले २३ वटा सेवा केन्द्रमा १६०० बढी सडक मानवहरु आश्रित रहेको अध्यक्ष अधिकारीले बताए।

संस्थाले हाल सम्म ६ हजार १६७ जनालाई सेवा प्रदान गरेको र ति मध्य २ हजार ३९४ जनाको पारिवारिक पुनर्मिलन भएको उनले बताए। त्यस्तै  उपचारपछि स्वेच्छाले गएको १ हजार ६२० जना र आश्रमको संरक्षण हुँदा ६२१ जनाको निधन भएको समेत उनले बताए।

यसैगरी ३४७ जनाको सामुदायिक पुनर्स्थापना भएको उनको भनाइ छ। ति मध्ये  ५ जना बङ्गलादेशी नागरिकहरूलाई बंगलादेशमै गएर पुनर्मिलन गराइएको उनको भनाइ छ। त्यसैगरी १ सय बढी भारतीय नागरिकहरूलाई  पुनर्मिलन गराइएको उनले बताए।
त्यस्तै २०८२ साल भित्र देशलाई नै सडक आश्रित मानवमुक्त देश बनाउने लक्ष्य संस्थाको लक्ष्य रहेको भन्दै उनले अहिले सम्म संस्थालाई राज्यबाट ४० प्रतिशत र अन्य  नेपाल कै आम सहयोगी दाताबाट सहयोग हुँदै आएको समेत बताए।

आश्रम सहयोगी दाताहरूको मुठ्ठी दानबाट सञ्चालन भएको छ । आश्रम सुरु गर्दादेखि वैदेशिक दातृ निकायको सहयोग सर्त अस्वीकार गरी नितान्त नेपालीहरुको परोपकारी मनहरुको मुठ्ठी सहयोगबाट आश्रम चलाउने उदेश्यका साथ आश्रम चलाएको पनि उनले बताए।

रुपन्देहीमा आश्रमको आफ्नै भौतिक संरचना भइरहेको र अबको केही समयपछि आपंगमैत्री, बालमैत्री संरचनामा आश्रम सञ्चालन हुने उनले बताए। यस्तै  तुलसीपुरमा पनि अहिले भाडाको घरबाट सेवा प्रदान गर्दै आइरहेको र जग्गा प्राप्तीको लागि पहल भइरहेको भन्दै उनले तुलसीपुरमा पनि संस्थाको आफ्नै भवन बनाउने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP