Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

विश्व शौचालय दिवस : नेपालमा अझै पनि ५ प्रतिशत नागरिक शौचालयको प्रयोगबाट वञ्चित

काठमाण्डाै – आज विश्व शौचालय दिवस । ‘शौचालयको उपयोगिता’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।

विश्वमा हरेक वर्ष नोभेम्बर १९ तारिखमा यो दिवस मनाउने गरिएको छ । तर, दिवस मनाइरहे पनि नेपालका ५ प्रतिशत नागरिक अझै शौचालयको पहुँचमा पुग्न सकेका छैनन् । सरकारले २०७६ साल असोज १३ गते नै नेपाललाई खुला दिसा मुक्त देश घोषणा गरे पनि अझै पनि ५ प्रतिशत नागरिक शौचालयको पहुँच भन्दा बाहिर रहेका हुन् ।

बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढेको छ । तर व्यवस्थित सार्वजनिक शौचालय नहुँदा आम नागरिकले समस्या भोग्दै आएका छन् ।

सुरक्षित शौचालय नहुँदा झाडापखाला, हैजा जस्ता सरुवा रोगको जोखिम हुन्छ । शौचालयको राम्रो व्यवस्थापन र उपयोग गर्न सकेमा यस्ता सङ्क्रामक रोगबाट जोगिन सकिन्छ । शौचालयको प्रयोगपछि साबुन पानीले राम्ररी हात धुनुपर्छ । 

काठमाण्डौ महानगरमा चालु आर्थिक वर्षभित्र थप १० वटा सार्वजनिक शौचालय बन्ने

जनघनत्व बढ्दै गएको काठमाण्डौ उपत्यकामा नै सार्वजनिक शौचालयको अभाव छ ।

ठाउँठाउँमा सार्वजनिक शौचालय नहुँदा यात्रुले हैरानी खेप्दै आएका छन् । यात्रुको सुविधाका लागि काठमाण्डौ महानगरपालिकाले थप शौचालय बनाउने भएको छ । यो चालु आर्थिक वर्षभित्रमा १० वटा स्मार्ट सार्वजनिक शौचालय बनाउने गरी काम भइरहेको महानगरपालिकाका प्रवक्ता इश्वरमान श्रेष्ठले जानकारी दिनुभयो।

उहाँका अनुसार महानगरपालिकाको वडा नम्बर १०, १३, १५ र वडा नम्बर १८ र १९ को बीचमा शौचालय निर्माणकाे कार्य सम्पन्न भइसकेकाे छ भने ११ मा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

१४ र २० वडामा शौचालय बनाउने काम सुरु भएको श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै वडा ७, ३१ र ३२ मा छिट्टै निर्माण कार्य सुरु गर्ने तयारी छ । बाँकी अर्को आर्थिक वर्षमा बनाउने कार्ययोजना रहेको प्रवक्ता डङ्गोलले जानकारी दिनुभयो । 

अहिले काठमाण्डौ उपत्यकामा भएका शौचालयको अवस्था नाजुक रहेको स्वीकार गर्दै उहाँले अब सुधारका काम सुरु भएको बताउनुभयो । महानगरपालिकाले पनि स्मार्ट शौचालय अन्तर्गत अटोमेटिक फ्ल्स र त्यहाँ प्रयोग भएको पानी फेरि प्रयोग गर्न मिल्ने बनाउने भएको छ । त्यसमा प्रयोग गर्न आकाशे पानी सङ्कलन गरिनेछ । 

यस्तो शौचालय निर्माणका लागि ३० देखि ३५ लाख रुपैयाँ लाग्ने प्रवक्ता डङ्गोलको भनाइ छ । काठमाण्डौ महानगरपालिकाले सानो स्मार्ट शौचालयका लागि डेढ करोड, मझौलाका लागि दुई करोड र ठूला शौचालयको लागि तीन करोड रुपैयाँ बजेट छुट्याएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP