Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

भारतबाट ४ बालबालिकाको उद्धार

झापा : भारतबाट ४ बालबालिकाको उद्धार गरी नेपाल फर्काइएको छ। भारतको पश्चिम बंगालका विभिन्न जिल्लाबाट उद्धार गरी घर फर्काइएका ४ बालबालिकालाई शुक्रबार आफन्तजनलाई जिम्मा लगाइएको छ। उद्धार गरिएकामा उदयपुर, काठमाडौं, मोरङ र सिन्धुली जिल्लाका २ बालक र २ बालिका छन्।

३ जनाको उमेर १६ वर्ष र एक जनाको ४ वर्षका छन्। उद्धार गरिएका बालबालिकालाई नेपाली महावाणिज्य दूतावास कोलकाताका महावाणिज्यदूत ईश्वरराज पौडेलको नेतृत्वमा आएको टोलीले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा मामा र बुवाले बुझेका थिए।

गैरसरकारी संस्था शहीद वन्दना बालिका स्मृति आवास कुचविहार, इडिथ चिल्ड्रेन होम र सिनी नर्थ बंगाल सिलीगुडीले पश्चिम बङ्गालको कुचविहार, सिलीगुडी दार्जिलिङलगायत ठाउँबाट ती बालबालिकाको उद्धार गरी नेपाली महावाणिज्य दूतावास कोलकातालाई जिम्मा लगाएका थिए।

नेपाली बालबालिका र महिलाहरूलाई अनेक प्रलोभन तथा झुक्याएर भारत लगेर बेचबिखन गरिन्छन्। भारतमा लगेर उनीहरूको श्रम तथा यौन शोषण हुने गरेको छ।

त्यस्ता बालबालिका र महिलालाई भारत सरकार, स्थानीय प्रहरी तथा अन्य सङ्घसंस्थासँगको समन्वयमा उद्धार गरी नेपाल फर्काइरहेको महावाणिज्यदूत पौडेलले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP