Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

दाङमा ब्राउन सुगरसहित ४ जना पक्राउ

दाङ : दाङमा प्रहरीले लागु औषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा आमाछोरा र अन्य २ जना रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

तुलसीपुर उपमहानगरपालिका-५ की ३१ वर्षीया सुशीला श्रेष्ठ र उनका १९ वर्षीय छोरा रोहन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिए।

प्रहरीका अनुसार लागु औषध ब्राउन सुगरको गोप्य रूपमा बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा शनिबार बेलुकी इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालको नेतृत्वमा गएको प्रहरी टोलीले श्रेष्ठ आमाछोरालाई घरमै पुडिया बनाइरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगरका १०० वटा पुडिया बरामद गरेको प्रहरी निरीक्षक बुढाथापाले जानकारी दिए। उक्त ब्राउन सुगर १९ ग्राम ७१० मिली ग्राम तौल रहेको उनले जानकारी दिए। 

त्यस्तै शनिबार नै प्रहरीले तुलसीपुरबाट अन्य २ जना युवालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा  तुलसीपुर-५ बसपार्क निवासी २५ वर्षीय धीरज बुढाथोकी र बबई गाउँपालिका-४ घर भई हाल तुलसीपुर-६ बरुवागाउँ बस्ने २० वर्षीय प्रख्यात शाह रहेको प्रहरीले जनाएको छ।

उनीहरूले बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा इप्रका तुलसीपुरबाट खटिएको प्रहरी टोलीले बसपार्कबाट ५/५ पुडियासहित उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

बुढाथोकीका साथबाट ५४० ग्राम र शाहका साथबाट २६० ग्राम तौलको रहेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका ४ जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP