Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

दाङमा बाघको छालासहित दुईजना पक्राउ

दाङ : दाङमा प्रहरीले बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-५ रानीजरुवा बस्ने ३१ वर्षीय महेन्द्र खड्का र राजपुर गाउँपालिका-६ का ३८ वर्षीय सूर्यबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बाघको छाला ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङको टोलीले उनीहरूलाई आइतबार साँझ घोराही उपमहानगरपालिका-१६ गरुवा चोकबाट बाघको छालासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्दप्रसाद रिजालले बताए।

उनले अनुसार रा ३ प २६६ नम्बरको मोटरसाइकलमा लुकाइछिपाइ ल्याउँदै गरेको आशङ्कामा जाँच गर्दा उनीहरूको साथबाट टाउकोदेखि पुच्छरसम्म ८ फिट २ इन्च लम्बाइ र १ फिट ८ इन्च चौडाइको  बाघको छाला बरामद भएको थियो।

प्रहरीले उनीहरूबाट विभिन्न कम्पनीका ३ सेट मोबाइल बरामद गरेको छ। उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP