Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

करोडौं रकम ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं : विदेशमा लुटिएको बहानामा विभिन्न व्यक्तिबाट कराेडौं रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

फेसबुकमा आफूलाई विदेशी नागरिक प्लास्टिक सर्जन डाक्टर भनेर चिनाउने मलेसियामा लुटिएको बहाना गर्दै दोब्बर रकम फिर्ता गर्ने प्रलोभन देखाएर एक करोड २२ लाख रुपैयाँ ठगी गर्ने गिरोहका दुई जनालाई महानगरीय महाशाखाको टोलीले पक्राउ गरेको हो।

महाशाखाका अनुसार एक हप्ताको कोर्सको लागि मलेसिया आएकोमा आफूसँग भएको सबै रकम लुटिएको भनि विभिन्न दुःख पीडा पोखेर रकम पठाई सहयोग गर्न भनेको खुलेको छ।

आफू बेलायत पुगेपछी दोब्बर रकम फिर्ता दिन्छु भनेर प्रलोभन देखाई राजेन्द्र भण्डारी र रोजन भुजेल समेतको बैक खाता नम्बरहरू प्रयोग गरी बिभिन्न मितिमा रकम ठगी गरेको खुलेको महाशाखाले जनाएको छ।

राजेन्द्र भण्डारीको नामको गरिमा विकाश बैंकको खातामा ७८ लाख र रोशन भुजेलको नामको नबिल बैकको खातामा ९ लाख ५० हजार समेत गरी एक करोड २२ लाख रकम पीडितलाई पठाउन लगाई ठगी गरेको खुलेको महाशाखाले जानकारी दिएको छ।

रोजन भुजेललाई कालिमाटी तथा राजेन्द्र भण्डारीलाई एयरपोर्टबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP