Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सौतेनी छोरालाई विष खुवाई मारेर भागेकी महिला पक्राउ

कैलाली / काठमाडौं : सौतेनी छोरालाई विषादी खुवाई हत्या गरेर फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाजुरा खप्तड छेडेदह गाउँपालिका-२ घर भएकी कैलाली धनगढी उपमहानगरपालिका-२ मालिका टोल डेरा गरी बस्ने ३५ वर्षीया मागी रोकाया छिन्।

भारतमा रहेका मागीका श्रीमान ३५ वर्षीय बहादुर रोकायाले मंसिर २ गते आफन्तलाई फोन गरी मागी रोकाया सम्पर्कविहीन भएकोले डेरा कोठामा गई बुझी दिन भनि खबर गरेका थिए। उनका आफन्तले उक्त डेरा कोठामा बालकको खुट्टा मात्र अगाडिको झ्यालबाट देखिएको र कोठामा कोही नभएको भनी प्रहरी कार्यालयमा जानकारी गराएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

प्रहरीले कोठामा मागीका सौताको छोरा धनगढी उपमहानगरपालिका-२ स्थित हिमालय एकेडमीमा अध्ययनरत १० वर्षीय निशान्त थापामगरको शव फेला पारेको थियो।

त्यसपछि प्रहरीले हत्या गरेर फरार मागीलाई खोजी तीव्र पारेकफो थियो। फरार मागी भारतको हरियाणामा रहेको जानकारी प्रहरीलाई प्राप्त भएपछि भारतीय प्रहरीको सहयोग र समन्वयमा बिहीबार उनलाई भारतको हरियाणा रोहतक प्रेम चोकमा फेला पारी नेपाल ल्याई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानको क्रममा मागी रोकाया र उनका श्रीमानबीच वादविवाद र झैझगडा भएको रिसले मागीले छोराको हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ।

गत कात्तिक २९ गते निशान्त स्कुलबाट फर्किएपछि दूधमा विषादी मिसाई खुवाएकी थिइन्। दूधमा विष मिसाएर खान दिएपछि कोठामा बस्दै गर्नु हामी बेलुका आउँछौँ भनी आफ्ना छोरा र छोरी साथमा लिएर भारततर्फ गएको खुल्न आएको प्रहरीले जनाएको छ।

हत्या गर्ने मागीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP