Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपालले आयोजक बंगलादेशलाई बराबरीमा रोक्यो

काठमाडौं : साफ यू-१९ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोलि बंगलादेशलाई गोलरहित बराबरीमा रोकेको छ। निकै राम्रो लयमा देखिएको घरेलु टोली नेपाली गोलरक्षक तथा कप्तान अञ्जना राना मगरको उत्कृष्ट प्रदर्शनका कारण एक अंकमा चित्त बुझाउन बाध्य भयो।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा उपाधि दाबेदार बंगलादेशले अधिकांश समय खेल नियन्त्रणका बाबजुत गोलका अनेकन प्रयास गरेपनि सफल हुन सकेन।

खेलको सुरूवातबाटनै घरेलु टोलि बंगलादेशले नेपालमाथि दबाब बढाएको थियो। तर नेपाली गोलरक्षक तथा कप्तान अञ्जना रानामगरले पहिलो तथा दोस्रो हाफमा एकपछि अर्को राम्रो प्रहार क्लियर गर्दै टीमको संकट टारेकी थिइन्।

खेल अवधिभर निकै ब्यस्त देखिएकी अञ्जनाले अन्तिम सम्म नेपाललाई जोगाएकी थिइन। नेपालकी प्रिति राइले केहि सिमित अवसर बनाएपनि खतरनाक आक्रमण गर्न भने नेपाल असफल भयो। नेपाली किशोरिहरु बंगलादेश सामु सबै क्षेत्रमा निरिह देखिएका थिए। जसले गर्दा नेपाललाई बंगलादेशको बल क्लियर गर्ननै भ्याइनभ्याइ भएको थियो।

पहिलो हाफमा नेपाली किशोरी दिपा शाही घाइते भएपछि उनलाइ तत्कालै अस्पताल लग्नु परेको थियो। यद्यपि  उनको चोटका बारेमा विस्तृत विवरण भने प्राप्त भएको छैन्।

दोस्रो हाफमा बंगलादेशले कर्नरमा पाएको मौकालाई बिमला बिकले गोललाइनबाट क्लियर गर्दा ५३ औ मिनेटमा गोल खानबाट नेपाल जोगियो। बंगलादेशकी मोनिका चाक्माले खेल सकिन केहि मिनेट बाँकी रहँदा गरेको शतिशाली प्रहारलाई नेपाली गोलरक्षक अञ्जना रानामगरले शानदार बचाउ गर्दै अन्तिम संकट टारेकी थिइन्। बंगलादेशकी मारिया मान्दाले गरेक केहि उत्कृष्ट प्रहार पनि अञ्जनाले क्लियर गरिन्।

आयोजक बंगलादेश सहित नेपाल,  भुटान,  भारत र श्रीलंकाले प्रतियोगितामा सहभागिता जनाएका छन्। शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन। नेपालले दोस्रो खेलमा १५ डिसेम्बरमा श्रीलंका सँग खेल्ने छ। त्यस्तै १७ डिसेम्बर मा भुटान र समहुचरणको अन्तिम खेलमा १९ डिसेम्बर मा भारतसँग प्रतिस्पर्धा गर्ने छ। प्रतियोगिताको फाइनल २१ डिसेम्बर मा हुने छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP