Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

देशका विभिन्न भागबाट अवैध लागुऔषध सहित ६ पक्राउ

काठमाडौं : प्रहरीले लागुऔषधसहित देशका विभिन्न ठाउँबाट ६ जना पक्राउ गरेको छ। काठमाडौं नागार्जुन नगरपालिका-१० स्युचाटार बस्ने सोलुखुम्बु सल्लेरी-१ घर भएका १८ वर्षीय किशोरलाई करिब ४ सय ग्राम अवैध लागुऔषध पोल्याण्ड जस्तो देखिने वस्तु र १ सय २० पिस नाइट्राभेट ट्याब्लेट सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग स्युचाटारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस्तै, कास्कीको पोखरा महानगरपालिका-३२ सातमुहानेबाट करिब १ केजी २३० ग्राम अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने रुकुम भूमे गाउँपालिका-२ घर भएकी ५६ वर्षीया कुमारी बुढा मगर र पोखरा महानगरपालिका-३२ खुदीखोला बस्ने २९ वर्षीय विकास थापा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।

त्यसैगरी झापाको दमक नगरपालिका-१ बरगाछीस्थित रतुवा खोलाको बगरबाट करिब ८ केजी १६० ग्राम अवैध लागुऔषध गाँजा सहित इलाम माङसेवुङ गाउँपालिका-६ बस्ने ४६ वर्षीय वीरकुमार राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।

यस्तै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित सडकबाट करिब ८ ग्राम ५५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका-३ महेशपुर २८ वर्षीय प्रमानन्द साह र सिरहा धनगढीमाई नगरपालिका-११ शान्तिपुर बस्ने २८ वर्षीय दीपेन्द्रकुमार महतो रहेका छन्।

प्रदेश २-०१-००१ प ३१४० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले जाँच गर्न क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-११ कोशी बाँधको पक्की सडक छेउमा धानको परालले लुकाई राखेको करिब ४० केजी अवैध लागुऔषध गाँजा शुक्रबार राति प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उक्त परिमाणको लागुऔषध फेला पारी बरामद गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP