Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

धनकुटामा देउरालीले ए डिभिजन लिग र डाँडाबजारले बी डिभिजन जिते

धनकुटा : धनकुटामा सम्पन्न जिल्लास्तरीय वाइ वाइ डाइनामाइट ए डिभिजन सुपर लिगको उपाधि देउराली युवा क्लब धनकुटा-७ ले जितेको छ। यसैगरी बी डिभिजन नकआउट फुटबल प्रतियोगिताको उपाधि डाँडाबजार युवा क्लब साँगुरीगढी-५ ले जितेको छ।

धनकुटा जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको उपविजेतामा ए डिभिजनतर्फ रारा समाज सेवा राजारानी र बी डिभिजनतर्फ सिंहदेवी युवा क्लब सिंधुवा भएका छन्।

ए डिभिजन सुपर लिग विजेता देउरालीले ४० हजार रूपैयाँ र ट्रफी र उपविजेता रारा समाज सेवाले २० हजार नगद र ट्रफी प्राप्त गरेका छन्।  बी डिभिजन नकआउट फुटबल प्रतियोगिताको विजेता डाडाँबजारले २५ हजार नगद र ट्रफी तथा उपविजेता सिंधुवाले १२ हजार ५ सय नगद र ट्रफी हात पारेका छन्।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नारासहित भएको प्रतियोगिताको समापनमा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा लगायतले पुरस्कार वितरण गरेका थिए। ए डिभीजन सुपर लिगमा ६ टिमको सहभागिता छ भने बी डिभिजन नकआउट फुटबलमा १० टोली सहभागी थिए।

धनकुटा फुटबल संघमा १७ टिम आबद्ध रहेकोमा बी डिभिजनमा रहेको भेडेटारको पाथिभरा युवा क्लब सहभागी नभएको धनकुटा फुटबल संघका अध्यक्ष गोविन्द राईले जानकारी दिए। प्रतियोगितामा बी डिभिजन नकआउट फुटबलको विजेता डाडाँबजार ए डिभिजन सुपर लिगमा बढुवा भएको छ।

ए डिभिजन सुपर लिगको अन्तिम हुने मार्गादेवी युवा क्लब धनकुटा-५ बी डिभिजनमा घटुवा भएको धनकुटा फुटबल संघका महासचिव गोपाल लिम्बूले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP