Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

श्रीलंकाको ब्लु स्टार फुटबल क्लब आज नेपाल आउँदै

काठमाडौं : श्रीलंकाको ब्लु स्टार फुटबल क्लब आज नेपाल आउँदैछ। एएफसी कप छनोट–२०२२ को प्ले अफमा  मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्न ब्लु स्टार टोली नेपाल आउन  लागेको हो।  टोली आज अपरान्ह १२ बजे काठमाडौं आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। 

ब्लु स्टारले मछिन्द्रसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ। मछिन्द्र र ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा हुनेछ। यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ। खेल अप्रिल १२ मा हुनेछ।

मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो।  अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोटको मौका गुमाएको थियो।

यस पटक भने मछिन्द्रले क्लब लाइसेन्स प्राप्त गरिसकेको छ। मछिन्द्रसहित मनाङ, त्रिभुवन आर्मी र एपीएफले क्लब लाइसेन्स पाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP