Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

गोली प्रहार गरी सर्लाहीमा एक युवकको हत्या

सर्लाही : सर्लाही सदरमुकाम मलंगवामा गोली प्रहार गरी एक युवकको हत्या गरिएको छ। बुधबार साँझ करिब ७ बजे मलंगवा नगरपालिका–९ रिङरोडमा मोटरसाइकलमा सवार भारतीय नागरिक ३५ वर्षीय इन्दल महतोलाई गोली प्रहरी गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए।

कृष्णामति माविको पूर्वी कम्पाउण्ड र रिङरोडभित्र एउटै मोटरसाइकलमा चढेर आएको तीनजनाले महतोमाथि गोली प्रहार भएको प्रत्यदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। महतो भारतको विशनपुर गाउँका रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ। उक्त गाउँ मलंगवाबाट सात किलोमिटर दक्षीण पर्छ।

महतोको दाहिने पाखुरा, बायाँ कुहिना र दायाँ कोखामा चोट देखिए पनि कति ठाउँमा गोली लागेको भन्ने यकिन विवरण पोष्टमार्टम रिपोर्टपछि मात्र भन्न सकिने प्रहरी निरीक्षक गिरीले बताए।

गोली लागेर गम्भीर घाइते भएका महतोलाई सशस्त्र प्रहरी बेस क्याम्प मलंगवाको टोलीले तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवामा उपचारका लागि लगेको थियो। अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो।

प्रहरीका अनुसार महतो भारतमा अपराध गरी फरार अभियुक्तको सूचीमा रहेका थिए। उनी मलंगवामा रहेको ससुरालीमा ६ महिनादेखि लुकेर बसेको प्रारम्भिक  अनुसन्धानमा पाइएको प्रहरी स्रोतले बताएको छ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP