Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बास्केटबल लिग जेठ दोस्रो सातादेखि

काठमाडौं : नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडको आयोजनामा तेस्रो संस्करणको नेपाल बास्केटबल लिग (एनबिएल) जेठ दोस्रो सातादेखि काठमाडौंमा हुने भएको छ।

आइतबार पत्रकार सम्मेलन गर्दै पुरुष बास्केटबल जेठ ७ र महिला लिग १८ गतेदेखि हुने जनाएको हो। दुई महिनासम्म सञ्चालन हुने एनबिएल नेपालकै ठूलो बास्केटबल लिग हो। लिग राउण्ड रोबिनको आधारमा होम एण्ड अवे ढाँचामा हुनेछ। शीर्ष चार टिमले प्लेअफमा स्थान बनाउने छन। प्लेअफका खेलहरू असार ३२ देखि सुरु हुने छन्। पुरुषतर्फ ५६ र महिलातर्फ २० लिग खेल हुने छन्।

लिगमा पुरुषतर्फ आठ टोलीले सहभागिता रहने छ भने महिलातर्फ पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन्। टाइम्स इन्टरनेसनल क्लब, त्रिभुवन आर्मी क्लब, गोल्डेन गेट इन्टरनेसनल क्लब, रोयल बास्केटबल क्लब, बुढानीलकण्ठ नगरपालिका बास्केटबल क्लब, कीर्तिपुर बास्केटबल क्लब, विशाल मिलन केन्द्र र क्याम्पियन सोलोले सहभागिता जनाउनेछन्।

यस्तै‚ महिलातर्फ नेपाल पुलिस क्लब, ललितपुर हाई क्लब, रोयल बास्केटबल क्लब, आइएसएस नेपालको सहभागिता पक्का भएको छ भने एक टिमको निश्चित हुन बाँकी रहेको नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडका उपाध्यक्ष अरुण कार्कीले जानकारी दिए। प्रतियोगितामा एक टोलीले चार विदेशी खेलाडी समावेश गर्न पाउनेछन् भने दुई खेलाडीले कोर्टमा खेल्न पाउन प्राब्धान तोकिएको छ।

एनबिएल पुरुषको विजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने महिलाको विजेताले एक लाख रुपैयाँ पाउनेछ। पुरुषतर्फ दोस्रो हुने टिमले एक लाख र महिलातर्फ दोस्रो हुनेले ५० हजार रुपैयाँ पाउने छ। यस्तै‚ हरेक खेलमा मस्ट भ्यालुएबल खेलाडीले तीन हजार रुपैयाँ बराबरको गिफ्ट भौचर प्राप्त गर्ने छन्। लिगका उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले समान १० हजार रुपैयाँ बराबरको गिफ भौचर प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP