Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा हुन्छ : शिक्षा सचिव कोइराला

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने दाबी गरेका छन्।
उनले करिब ६ महिनाअघि नै कर्णाली प्रदेशमा पाठ्यपुस्तक पुगिसकेको र अन्य ठाउँमा भने जेठ ५ गते विद्यार्थीको हातमा पुस्तक पुग्ने बताएका हुन्।

वैशाखमा पुस्तक छाप्ने योजना रहे पनि स्थानीय तहको निर्वाचनका कारण मतपत्र छाप्न प्राथमिकता दिनुपर्ने भएकाले पुस्तक छपाइलाई घटाएको उनले बताए।

​उनले बीचमा युक्रेनमा भएको युद्धका कारण सप्लायर्सले कागजलगायत अन्य सामान ल्याउन नसक्नुले पनि छपाइ केही ढिलो हुन गएको जानकारी दिए। समयमै पाठ्यपुस्तक सम्बन्धित ठाउँमा पठाइएकाले समयमै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने उनको भनाइ छ। 

उनले भने, ‘वैशाखमा पुस्तक छाप्ने हाम्रो योजना थियो, वैशाख १ गतेबाट किताब वितरण गर्ने फाइनल स्टेजमा थियौँ, बीचमा युक्रेनमा भएको युद्धका कारण सप्लायर्सले सामान ल्याउन सकेनन्। कागज, निजी क्षेत्रले समेत कागजको अभावका कारण छाप्न नसक्ने अवस्था छैन भने यो सरकारी हो, टेण्डर गरेको हुन्छ। टेण्डर गरेको कारणले सप्लायर्सले सामान नै भेटेन।’

केही स्थानमा भने निर्वाचनका कारण अझै साता दिनसम्म पुस्तक पुग्न ढिला हुने उनको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP