Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कागज नहुँदा २० लाख पुस्तक छाप्न बाँकी, मन्त्रालय निर्देशन दिनमै सीमित

काठमाडौं : नयाँ शैक्षिक सत्र शुरु भएको आज ९ दिन भइसकेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७९ को नयाँ शैक्षिक सत्र (पठनपाठन) यही जेठ १ गते नै थाल्ने निर्णय यसअघि गरिसकेको थियो। तर पुस्तक नै नभएपछि अहिले पढाइ प्रभावित बनेको छ।

सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार १ करोड ७० लाख थान नयाँ पुस्तक छापिसकिएको छ भने अझै करिब २० लाख थान पुस्तक छाप्न बाँकी छ।

पुस्तक छपाइमा ढिला हुनुको कारण जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले समयमा कागज आपूर्ति हुन नसक्नु रहेको बताए। उनका अनुसार कागज भारतबाट ल्याउनुपर्छ। तर रुस-युक्रेन युद्धका कारण त्यहाँ पनि कागजको कमी भएको छ। ल्याउनुपर्ने ६ सय टन कागजमध्ये ५ सय टन कागज ल्याइसकेको जानकारी उनले दिए। 

‘अहिले चाहिँ कागज पनि छ, धमाधम छपाइ भइरहेको छ, अझै थप कागज ल्याउनुपर्ने कुरा छ। थप ल्याउने पहल भइरहेकाे छ,’ उनले भने। उनले अहिले क्षमताअनुसार दैनिक १ लाख थान पुस्तक छापिरहेकाे बताए।

पाठ्यक्रम फेरिएकाे कक्षा ४, ७ र ९ को भने छापिसकेर पनि वितरण गरिसकेको उनकाे भनाइ छ। ‘यी कक्षाकाे भने पुरानो हेरेर पढाउन नमिल्ने भएकाले छापेका छौँ,’ उनले भने, ‘अन्य कक्षाका लागि भने सेट मिलाएर पठाइरहेका छौँ।’ स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्नु परेकाले पनि पुस्तक छपाइमा ढिला भएको उनको भनाइ छ।   

‘वर्षैपिच्छे यस्ताे कथा दोहोरिइरहन्छ’

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी यस्ता समस्या अहिले मात्र नभई यो कथाजस्तै वर्षैपिच्छे दोहोरिने गरेको बताउँछन्। उनी भन्छन्, ‘करिब डेढ दशकदेखि कहिल्यै सबै विद्यार्थीले शैक्षिक सत्रको शुरूवातमै पुस्तक नपाएको विभिन्न रिपार्टले देखाउँदै आएको छ, तर पनि विद्यार्थीले पुस्तक नपाउने कथा वर्षैपिच्छे दोहाेरिँदा पनि मन्त्रालयका उच्चपदस्थकाे घैंटोमा घाम कहिलै लाग्दैन, आखिर किन होला?’

सरकारका उच्चपदस्थ कर्मचारीले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउने गरेकाले सरकारी स्कुलमा अध्ययन गर्नेका लागि उनीहरूले कुनै चासाे नदेखाएकाे आरोप उनले लगाए। उनका अनुसार समयमा पाठ्यपुस्तक उपलब्ध किन भएन ? भनेर २०६८ तिर पूर्वसचिव जयराम गिरीको अध्यक्षतामा एउटा समिति बनेको थियो। उक्त समितिले पुस्तक समयमा पुर्‍याउने उपायसहितकाे सुझाव मन्त्रालयलाई दिएको थियो तर लागू भएन। यसपटक भने निर्वाचन सजिलो बहाना भएकाे उनले बताए। 

मन्त्रालय भन्छ : छिटो छाप्न निर्देशन दिइरहेका छौँ

समयमा विद्यार्थीहरूको हातमा नयाँ पुस्तक नपुग्दा शिक्षा मन्त्रालय भने निर्देशन दिनमा मात्र सीमित छ। मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने दाबी गरेका थिए।

तर उनको दाबी कुरामै सीमित भएको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार जनक शिक्षाले नयाँ पुस्तक छपाइका लागि मन्त्रालयमा कार्ययोजना पेश गरेको थियो। जसमा जनक शिक्षाले गत चैत महिनामै छापिसक्ने भनेको थियो। ‘तर अहिले फेरि समयमा काम नसकेको भन्ने विषयमा कुरा आयो, छिटो सक्न मन्त्रालयले निर्देशन दिइरहेको छ,’ उनले भने।

पुस्तक छपाइमा केही समस्या आए सहयोग माग्न उनले आग्रह गरे। ‘अब जनक शिक्षाले अरु कुरालाई छाडेर प्राथमिकताका साथ बाँकी पुस्तक छाप्नु पर्‍याे, अप्ठ्यारो भए हामीलाई भन्नु पर्‍यो, हेर्ने निकाय छ,’ उनले भने।

यता, जनक शिक्षाका सूचना अधिकारी आचार्यले अबको एक महिनाभित्र बाँकी पुस्तक छापिसक्ने दाबी गरे। छापिसकेको पाठ्यपुस्तक तुरुन्तै जनक शिक्षाको धनगढी, नेपालगन्जलगायत ९ ठाउँमा प्रादेशिक कार्यालयमा पठाइ वितरण गरिरहेको उनको भनाइ छ। 

उनका अनुसार कक्षा १ देखि १२ सम्मको नयाँ पुस्तक छापिन्छ। कक्षा १ देखि ९ सम्म रंगीन पाठ्यपुस्तक छापिएको छ भने कक्षा १० देखि १२ सम्मको कालो र सेतो (ब्ल्याक एण्ड ह्वाइट) पुस्तक छापिँदै आएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP