Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

१५ वर्षकी बिरामी विद्यार्थीलाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

सुनसरी – सुनसरीमा पाँच वर्षअघि विद्यार्थीलाई बलात्कार गरेको आरोपमा एक जना प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । 

२०७४ सालमा १५ वर्षकी विद्यार्थीलाई बलात्कार गरेको आरोपमा इटहरीको ब्लुमिङ लोटस इङ्ग्लिस स्कुलका प्रधानाध्यापक राजकुमार खड्कालाई प्रहरीले पक्राउ गरेको हो । ३६ वर्षका राज खड्का भन्ने राजकुमार खड्काले आफ्नै स्कुलमा पढ्ने बिरामी भएकी १५ वर्षकी छात्रालाई घुमाउने र औषधि उपचारसमेत गरिदिने भनेर धरानको एक गेस्ट हाउसमा लगेर बलात्कार गरेको उजुरीमा उल्लेख छ । 

प्रधानाध्यापक खड्काले यौनसम्बन्ध राख्न नमानेमा विद्यालयबाट निष्कासन गरिदिने धम्की दिएको पीडित बालिका विद्यार्थीले बताएकी छिन् । बलात्कारपछि अर्कै विद्यालयमा पढ्न थालेको तर पनि खड्काले विवाह गर्छु भनी फकाउने र समाजमा बेइज्जत गरिदिने धम्की दिँदै पटक–पटक मानसिक तनाव दिएर जबरजस्ती करणी गरेको भन्दै पीडितले २०७५ सालमा प्रहरीमा उजुरी दिएकी थिइन् । 

आजसम्म लुकिछिपी बसेका खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाण्डौको त्रिपुरेश्वरबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाएको छ । उनलाई थप कारबाहीका लागि सुनसरी जिल्ला अदालतमा उपस्थित गराइने सीआईबीले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP