Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन कर्मचारीविरुद्ध भ्रष्टाचारका ५ मुद्दा

काठमाडौं : कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट र देवराज जोशीसहित ९ जनाविरुद्ध ५ वटा भ्रष्टाचारको मुद्दा लागेको छ।

अख्तियार अनुसन्धान आयोगले उनीहरूविरुद्ध शुक्रबार मात्रै विशेष अदालत काठमाडौंमा तीन वटा छुट्टाछुट्टै मुद्दा दायर गरिएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। यसअघि अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू विष्ट र जोशीसहित कर्मचारीहरूविरुद्ध गत चैत ३० र २०७९ वैशाख ८ गते सडक निर्माण गर्दा भ्रष्टाचार भएको ठहर गरी दुई वटा मुद्दा दर्ता गरेको थियो।

भण्डारीका अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू विष्ट र जोशीसहित तत्कालीन इन्जिनियर पूर्ण कुँवर, तत्कालीन सब-इन्जिनियरहरू भक्तराज जोशी र नरेन्द्र जोशी, प्राविधिक पूर्वाधार कार्यालयका ल्याब टेक्निसियन धनबहादुर विष्ट र निर्माण व्यवसायी सन्तोष जोशीविरुद्ध एउटा मुद्दामा ६ लाखदेखि ४८ लाख रूपैयाँसम्म बिगो मागदाबी गरिएको छ।

यसैगरी अर्को भ्रष्टाचारको मुद्दामा कर्मचारीहरूसहित निर्माण व्यवसायी कामी शेर्पा र हरिसिंह विष्टविरुद्ध पनि मुद्दा दायर भएको छ। उनीहरूविरुद्ध विभिन्न व्यवसायीबाट निर्माण सम्पन्न भएका १३ वटा नगरपालिकाभित्रका १३ वटा सडक गुणस्तरहीन निर्माण गरी मिलेमतोमा भ्रष्टाचार गरेको खुलेको छ।

अख्तियारले निर्माण व्यवसायी शेर्पाबाट २९ लाख २८ हजार, हरि सिंहबाट १५ लाख १७ हजार र जोशीबाट ३७ लाख ९८ हजार रूपैयाँ बिगोसहित सजायको मागदाबी लिएको छ। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्टविरुद्ध ३ मुद्दामा ६ करोड ४८ लाख ६ हजार २ सय १६ रूपैयाँ मागदाबी गरिएको छ।

अर्का अधिकृत जोशीविरुद्ध दुई वटा भ्रष्टाचार मुद्दामा ३१ लाख २९ हजार ७ सय ४६ रूपैयाँ बिगो कायम गरि सजाय मागिएको अख्तियारले जनाएको छ। तत्कालीन इन्जिनियर कुँवरबाट ३ मुद्दामा ९६ लाख १५ हजार ९ सय ६२ रूपैयाँ बिगो दाबी गरिएको छ। तत्कालीन सब-इन्जिनियरहरू ज्ञानेन्द्र बुढाबाट ३२ लाख १९ हजार ५१४, नरेन्द्र शाहीबाट दुई मुद्दाका ३६ लाख ७७ हजार र भक्तराज जोशीलाई २७ लाख ५८ हजार ४३२ रूपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता भएको छ।

ल्याब टेक्निसियन विष्टविरुद्ध शुक्रबार दर्ता भएका ३ मुद्दामा ८४ लाख ४१ हजार ९ सय २३ रूपैयाँ बिगो कायम गरी सजाय मागिएको अख्तियारका प्रवक्ता भण्डारीले बताए। उनका अनुसार सडक निर्माणका क्रममा छुट्टाछुट्टै निर्माण व्यवसायीको मिलेमतोमा भ्रष्टाचार गरेको पाइएकाले छुट्टाछुट्टै ५ वटा मुद्दा दायर गरिएको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP