Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपाली क्रिकेट टोली अमेरिका प्रस्थान

काठमाडाैं : अमेरिकामा आयोजना हुन लागेको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नेपाली टोलीलाई शनिबार विदाई गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रमको आयोजना गरेर शृंखला भ्रमण गर्न लागको टोलीलाई शनिबार विदाई गरेको हो। नेपाली टिम आज अमेरिका जाँदै छ। टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायतको टोलीले विदाई गरेको हो।

भ्रमण गर्न  लागेको टोलीलाई युवा तथा खेलकुदमन्त्री गहतराजले सफलताको शुभकामना दिए। विदाई कार्यक्रममा बोल्दै नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले तयारी राम्रो भएकाले नतिजा पनि राम्रो आउने विश्वास व्यक्त गरे।

धेरै खेल खेल्न बाँकी रहेकाले नेपाली टोलीलाई अर्को चरण पुग्नका लागि पनि शृंखला निकै महत्वपूर्ण रहेको बताउँदै कप्तान लामिछानेले ब्याटिङ पक्षमा सुधार भएको र अमेरिका भ्रमणमा ब्याटिङ पक्षले जिताउनेमा आशावादी रहेको बताए।

उनले भने, ‘अमेरिकाको वातावरण हाम्रो जस्तै रहेको छ। केही बढी ह्यूमिडिटी रहेको छ। हामी त्यसका लागि तयार भइसकेका छौँ र टोलीले पनि सोही अनुसार तयारी पनि गरेको छ। टिमको हकमा सन्तुलित टोली छ। हामी सबै पक्षमा तयार छौँ। हामी एक दिवसीय मान्यतालाई जोगाउने भन्दा हामीले हाम्रो खेललाई सुखद बनाउने योजनामा हुनेछौँ। यो बीचमा हामीले खेलेको शृंखलामा त्यो पक्षलाई सुधार गरेका छौँ, जसले गर्दा खेलाडीको रिदम फिर्ता आएको छ। अमेरिका भ्रमणमा हामीले ब्याटिङबाटै जित आत्मसात गर्छौं।’

पहिलो पटक शृंखलाको लागि नेपाली टोली अमेरिका भ्रमण गर्न लागेको हो। नेपालले अमेरिका भ्रमण गर्दा आयोजक अमेरिका र ओमानसँग त्रिकोणात्मक शृंखला खेल्नेछ। शृंखला पूर्व नेपाली टोली अमेरिकामा त्यहाँका दुई क्लबसँग अभ्यास खेल खेल्ने तालिका समेत रहेको छ।

नेपाली टोलीलाई सम्हालेका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले नेपाली टोलीकाे तयारी राम्रो भएकाले सुखद नतिजा आउनेमा आशावादी रहेको प्रतिक्रिया दिए।

लिग–२ शृंखला अन्तर्गत नेपालले पहिलो खेल ओमानसँग जुन नौ तारिखमा खेल्नेछ। त्यसपछि जुन ११ मा नेपाली टिमले अमेरिकासँग खेल्नेछ भने जुन १४ मा ओमानसँग दोस्रो खेल खेल्ने तालिका रहेको छ। यस्तै जुन १५ मा अमेरिकासँग दोस्रो खेल्ने छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP