Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सिस नेपाल सुर्खेतका तत्कालीन अध्यक्षसहित कर्मचारीलाई भ्रष्टाचार मुद्दा

काठमाडौं : नेपाल नागरिक समाज (सिस) नेपाल सुर्खेतका तत्कालीन अध्यक्ष ओमप्रकाश लामिछाने र सामाजिक परिचालक यामलाल घिमिरेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार लामिछाने र घिमिरेविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। उनीहरूविरुद्ध जनही १३ लाख ३७ हजार २० रूपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार उनीहरूले सुर्खेतको गढी, लेखगाउँ र कुनाथरीमा आय आर्जनका लागि व्यावसायीक अदुवा खेतीसम्बन्धी तालिम तथा गोष्ठी गरेको भनी नक्कली बिल भरपाई बनाएर रकम भुक्तानी लिइ भ्रष्टाचार गरेका थिए।

विसं २०७३ चैत २७ गते राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषसँग सिस नेपालले गरेको सम्झौताबाट अनुदान लिई अदुवा खेती प्रवर्द्धन गर्ने जिम्मेवारी तोकी कार्यादेश समेतको आधारमा लामिछाने र घिमिरेले मिलेमतोमा खाइ मास्न नक्कली बिल बनाएर १३ लाख ३७ हजार २० रूपैयाँ भ्रष्टाचार गरेको अख्तियारले पुष्टि गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP