Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अछाममा शव भेटिएको घटना राजनीतिकरण, प्रहरीको गाडी र कार्यालय तोडफोड

काठमाडौं: अछामको पंचदेवल विनायक नगरपालिका ४ तल्लो कुच्चिस्थित भीरमा १६ वर्षीय किशोरको शव भेटिएको घटनाले राजनैतिक रुप लिएको छ। 

पाँच दिन (जेठ १७ गते) देखि हराइरहेका विनोद शाहीको शव आज बिहान भेटिएको थियो। उनको मृत्युको विषयलाई लिएर विनायक क्षेत्र तनावग्रस्त बनेको हो। 

नेकपा (एमाले)ले शाही आफ्नो कार्यकर्ता भएको दाबी गर्दै उनको हत्या नेपाली कांग्रेसका कार्यकर्ताले गरेको आरोप लगाएपछि स्थित तनावपूर्ण भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए। 

उनका अनुसार घटनाले राजनैतिक मोड लिँदा घटनास्थलमा प्रहरीलाई पनि पुग्न दिईएको छैन भने प्रहरीको गाडी समेत तोडफोड भएको छ। अहिलेसम्म अवस्था सामान्य बन्न नसकेको प्रहरी निरीक्षक विष्टको भनाई छ। प्रदर्शनकारीले नाराबाजी गर्दै सडकमा टायर बालेका छन्।

विनायक नगरपालिका ४ मा स्थानीय तह निर्वाचन अन्तर्गत वैशाख ३० गते मतदानका दिन एमाले र कांग्रेसका कार्यकर्ताबीच विवाद भएको थियो। सो दिन कांग्रेस कार्यकर्ताले नेकपा एमालेका कार्यकर्तालाई कुटपिट गरेको बताइएको छ । 

सोही विवाद लम्बिदै यही जेठ १७ गते पनि कालिकास्थनमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ।

स्थानीय चुनावको विवाद लम्बिँदा यस घटनाले राजनितिक रुप लिएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले थाहाखबरलाई जानकारी दिए। 

एक अर्कामा आरोप प्रत्यारोपमा उत्रिएका दुवै पक्षबीच राजनैतिक मत भिन्नतासँगै पारिवारिक विवाद पनि रहेको स्थानीय प्रशासनले जनाएको छ । मरासिनीका अनुसार प्रदर्शनकारीले नगरपालिका प्रमुख र वडाध्यक्षले घटना घटाएको आरोप लगाउँदै नाराबाजी सहित प्रहरीको भ्यान र इलाका प्रहरी कार्यालयसमेत तोडफोड गरेका छन् । 

आज दिउँसो १ बजेदेखि तनावग्रस्त विनायक क्षेत्र अहिले विस्तारै साम्य हुँदै गएको प्रजिअ मरासिनीको भनाई छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP