Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

मूल्यवृद्धि ७ दशमलव ८७ प्रतिशत पुग्यो, विदेशी विनिमय सञ्चिति ओरालाे लाग्दै

काठमाण्डाै – देशमा मूल्यवृद्धि झनै बढेको छ । राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखमा वार्षिक विन्दुगत मूल्यवृद्धि सात दशमलव ८७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा वार्षिक मूल्यवृद्धि तीन दशमलव ६५ प्रतिशत थियो । 

चैत महिनामा मूल्यवृद्धि दर सात दशमलव २८ प्रतिशत मात्रै थियो । वैशाखमा अघिल्लो वर्षको तुलनामा घ्यु/तेलको मूल्य २४ दशमलव ८६ प्रतिशत, फलफूलको १२ दशमलव ६१ प्रतिशत र खाद्य तथा पेय पदार्थ समूहको मूल्य सात दशमलव १३ प्रतिशत बढेको छ । 

यस्तै साउनदेखि वैशाखसम्म नेपालको वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको त्यही अवधिको तुलनामा २४ दशमलव ९ प्रतिशतले वृद्धि भइ १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । १० महिनामा वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब रुपैयाँ भएकोमा १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ व्यापार घाटा भएको हो । 

१० महिनाको अवधिमा अघिल्लो वर्षको त्यही अवधिकाे तुलनामा रेमिट्यान्स भने बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तममा रेमिट्यान्स शून्य दशमलव दुई प्रतिशतले बढेको हो । अमेरिकी डरलमा भने वैशाखसम्ममा रेमिट्यान्स एक दशमलव ६ प्रतिशतले घटेकोे छ । डलरको भाउ बढ्दा यस्तो भएको हो । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म आठ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । वैशाख महिनामा मात्रै भने ८७ अर्ब नाै करोड रुपैयाँ रेमिट्यान्स आएको हो । यो रकम फागुन र चैतको भन्दा कम हो । 

वैदेशिक मुद्रा जोगाउन सरकारले आयातमा कडाइ गर्दै आए पनि सञ्चिति भने झन् ओरालो लागेको छ । प्रतिवेदनअनुसार गएको वैशाख मसान्तसम्म देशमा नाै अर्ब २८ करोड अमेरिकी डलर मात्रै सञ्चिति रहेको छ । यो अघिल्लो महिनाको भन्दा ३३ करोड डलरले कमी हो । अघिल्लो वर्षको तुलनामा विदेशी मुद्राको सञ्चिति २१ दशमलव १ प्रतिशतले घटेको छ । वैशाखसम्मको सञ्चितिले ६ महिना १७ दिनको वस्तु र सेवाको आयात गर्न पुग्छ । 

विदेशी मुद्राको सञ्चिति घट्दै जाँदा देशले अत्यावश्यक वस्तु र सेवा खरिद गर्ने सामर्थ्य गुमाउने जाेखिम आउनसक्छ । देशको चालु खाता पाँच खर्ब ४७ अर्ब ३६ करोडले घाटामा रहेको छ । यो देशको कुल गार्हस्थ्य उत्पादनको ११ प्रतिशतभन्दा धेरै हो । कुल गार्हस्थ्य उत्पादनको आठ प्रतिशतभन्दा धेरै चालु खाता हुनु जोखिमपूर्ण मानिन्छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP