Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

खुकुरी प्रहार गर्ने ३ जना पक्राउ

काठमाडौं: काठमाडौंको गोकर्णेश्वर ५ स्थित नारायणटारमा एक व्यक्तिलाई खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

काठमाडौंका एसपी दिनेश मैनालीका अनुसार काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका ६ घर भई जोरपाटी बस्ने ३० वर्षका शरण पोखरेल, सिन्धुपाल्चोकको हेलम्बु नगरपालिका ४ का २० वर्षीय सुजन श्रेष्ठ र सोही ठाउँका २२ वर्षीय कविराज तामाङ पक्राउ परेका हुन्। 

उनीहरूले गत बुधबार नारायणटारमा मादकपदार्थ सेवन गरी एकआपसमा झगडा गरी सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका ८ घर भई कपन बस्ने धनबहादुर श्रेष्ठलाई खुकुरी प्रहार गरेका थिए। सूचना पाएलगत्तै प्रहरी वृत्त बौद्धको टोली घटनास्थल पुग्दा टाउकोमा चोट लागेको अवस्थामा फेला पारी श्रेष्ठलाई उपचारको लागि अस्पताल पठाएको थियो। 

प्रारम्भिक अनुसन्धानबाट विवाहको पार्टीमा भएको सामान्य झगडामा श्रेष्ठलाई खुकुरी प्रहार गरी तीनै जना भागेको प्रहरीले जनाएको छ। 

प्रहरीले उनीहरूको साथबाट प्रहरीले एक थान खुकुरीसमेत बरामद गरेको छ। पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार ज्यान सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP