Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

विदेश पठाइदिने प्रलोभनमा साढे २१ लाख ठग्ने व्यक्ति प्रहरी नियन्त्रणमा

काठमाडौं : विदेश पठाइदिने प्रलोभनमा दुई महिलाबाट २१ लाख ४६ हजार रुपैँया लिएर भागेका व्यक्ति पक्राउ परेका छन्।

ठगीको कसुरमा बारा जितपुर सिमरा उपमहानगरपालिका १ घर भई काठमाडौं हाँडीगाउँ बस्ने ३२ वर्षका रुपेश कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।

उनले क्यानडा पठाईदिन्छु भनेर कास्कीको पोखरा महानगरपालिका १६ बिरौटाकी २२ वर्षीय एक महिलासँग बैंक खाताबाट ११ लाख ७१ हजार रुपैँया र काठमाडौं पेप्सीकोला बस्ने अर्की २८ वर्षीया महिलालाई डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया लैजान्छु भनी चेकबाट ९ लाख ७५ हजार रकम लिएको काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए।

उनका अनुसार रकम जम्मा गर्न लगाई विदेश नपठाई फरार भएका कार्की विरुद्ध काठमाडौं प्रहरीमा दुईवटा जाहेरी दर्ता भएको थियो। लगत्तै अनुसन्धान सुरु गरेको प्रहरी टोलीले कार्की विरुद्ध ठगी गर्ने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रहरीले पक्राउ गरेका कार्कीले यस्तै घटनामा अन्य व्यक्तिहरुलाई समेत ठगी गरेको हुनसक्ने भएकाले पीडितले जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा उजुरी गर्नसमेत अनुरोध गरेको छ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP