Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

महिलालाई बलात्कार गरी नगद र गहना लुटेको आरोपमा एकजना पक्राउ

काठमाडौं : एक महिलालाई गेष्ट हाउसमा लगी  बलात्कार गरेर उनको साथमा रहेको नगद र गहना लुटपाट गरी फरार रहेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा काभ्रेपलाञ्‍चोक तेमाल गाउँपालिका–९, घर भइ हाल बनेपा डेरा गरी बस्ने ३० वर्षीय विश्व तामाङ छन्।  उनले गत जेठ २९ गते बेलुकी २४ वर्षीय ती महिलालाई काठमाडौं महानगरपालिका–११ भोटेबहालको एक गेष्ट हाउसमा लगेर बलात्कार गरेको आरोप छ। 

भोटे, जय, आशिषलगायतका नामबाट चिनिने तामाङले ती महिलालाई विवाहको प्रलोभनमा पारी गेष्ट हाउसमा लगेका थिए। त्यहाँ पेयपदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाई बलात्कार गरेको प्रहरीले जनाएको छ। 

बलातकारपछि उनी ती महिलाको साथमा रहेको नगद एक लाख, दुई तोला सुन र एउटा मोबाइल समेत लुटी फरार भएका थिए। पीडितले जेठ ३१ गते प्रहरी वृत्त कालीमाटीमा उजुरी दिएकी थिइन्। त्यसपछि ती महिलालाई परोपकार प्रसूतिगृहमा उनको स्वास्थ्य र शारीरिक परीक्षण गराई अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

पीडकको नाम, थर, ठेगाना समेत थाहा नभएको, उनको फोटो समेत नरहेको र गेष्‍ट हाउसमा बस्दासमेत पीडित महिलाकै परिचयपत्र, मोबाइल नम्बर ‘इन्ट्री’ गराएको पाइएको थियो। 

तर, प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा तामाङलाई यही असार ५ गते राति ११ बजे  कालिमाटीबाट पक्राउ गरेको हो। उनलाई अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको काठमाडौं प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP