Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

तत्कालीन कार्यालय प्रमुखसहित १२ कर्मचारी र ५ बिचाैलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डाै – यातायात व्यवस्था कार्यालय ललितपुरका तत्कालीन प्रमुखहरू सम्बरबहादुर कार्की र राजुभाई कुस्मासहित १७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन दुई जना प्रमुखसहित १२ जना कर्मचारी र पाँच जना बिचौलियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । 

तत्कालीन कार्यालय प्रमुखहरू कार्की र कुस्माले कर्मचारी र बिचौलियासँग मिलेर भ्रष्टचार गरेको खुलेको अख्तियारले जनाएको छ । उनीहरूले आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को साउन र भदौमा गरी पाँच सय ३३ जना व्यक्तिलाई अवैध रूपमा चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराएको अख्तियारको आरोप छ । उनीहरुले नवीकरण नभएका तथा स्वतः रद्द भएका चालक अनुमति पत्रको विवरणलाई सच्याएर गैरकानुनी रूपमा नवीकरणको बाटोबाट नयाँ व्यक्तिको नाममा चालक अनुमतिपत्र जारी गरेको पाइएको अख्तियारका प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । 

अख्तियारले दुई कार्यालय प्रमुखसहित कर्मचारीहरू विजयराज गिरी, कमल स्याङ्तान, अच्युतप्रसाद फुँयाल, प्रकाश कार्की, रेजु भट्टराई, रोशन राजभण्डारी, श्यामसुन्दर चौधरी, लक्ष्मी श्रेष्ठ, माया सेठी र रिचा श्रेष्ठ तथा बिचौलियाहरू हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भनिने उद्धवबहादुर खत्री, दीपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्यविरूद्ध मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP