Trending
समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा खेल जय ट्रफीको निम्ति छनोट भए ६ टोली राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी flash अर्रा आधारभूत विद्यालयमा नवनिर्मित ३ कोठे भवन उद्घाटन खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

पद्मश्री पुरस्कारका लागि १५ पुस्तक प्रतिस्पर्धामा

काठमाडौं :  खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार प्रदानका लागि उत्कृष्ट १५ पुस्तकको नाम सार्वजनिक गरेको छ।

राम लोहनीको संयोजकत्वमा नयनराज पाण्डे र कुमारी लामा रहेको तीन सदस्यीय निर्णायक समितिले १५ पुस्तकको नाम सार्वजनिक गरेको हो। ​ यिनै १५ पुस्तक मध्येबाट सर्वोकृष्ट एकलाई पद्मश्री पुरस्कार गरिनेछ। यो वर्ष १ सय ४४ पुस्तकबाट उत्कृष्ट १५ पुस्तक लिइएको प्रतिष्ठानका अध्यक्ष जीवा  लामिछाने जानकारी दिए।

खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले वि सं २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलको सुझावअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ। 

यी हुन् छानिएका १५ पुस्तक 

१.अग्नि​​​​–डा. नवराज लम्साल

२.अर्को भोर–​​ केशवराज ज्ञवाली

३.एक सम्बोधन समयमाथि​​ –दीनानाथ शर्मा

४.काफ्काको काम सकियो​–​ राजव

५.गुरु​​​​– कविता राई

६.छाइल​​​– लोकराज भट्ट

७.ताल्चा​​​ –दिलिप बान्तवा

८.निनाद वल्लरी​​​ –अलका आत्रेय

९.पैतालामा हिउँ, आँखामा हिमाल​ –राजेन्द्रमान डङ्गोल

१०.भिक्षुसँग प्रेम​​​ –उषा हमाल

११.भोजपुरको वाङ्मय​​– डा. विप्लव ढकाल

१२.महाभारा​​​ – बसन्त बस्नेत

१३.मिथ्या​​​– दीपक पराजुली

१४.यादहरूको सङ्ग्राहलय​​ –केवल बिनाबी

१५.सत्यमोहन–​​​ गिरीश गिरी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP