Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हरायो

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले पहिलो जित निकालेको छ । आज बिहान भएको खेलमा लिभरपुललाई २–१ गोलले हराउँदै युनाइटेडले अङ्कतालिकामा तीन अङ्क जोडेको छ ।

घरेलु मैदान ओर्ल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडका जेडन सान्चो र मार्कस रासफर्डले एक/एक गोल गरे । लिभरपुलका मोहम्मद सलाहले एक गोल फर्काए । खेलको १६औँ मिनेटमा सान्चोले गोल गरेपछि युनाइटेडले अग्रता बनाएको थियो ।

दोस्रो हाफको सुरुवातमै रासफर्डले गोल गरेपछि युनाइटेडले अग्रता दोब्बर बनाएको थियो । खेलको ८२औँ मिनेटमा लिभरपुलका सलाहले गोल गरे । फरवार्ड क्रिस्टियानो रोनाल्डो खेलको ८५औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । तर लिभरपुले थप गोल गर्न नसक्दा पराजित भयो । जितसँगै युनाइटेडको ३ खेलमा ३ अङ्क भएको छ ।

युनाइटेड तालिकाको १४औँ स्थानमा छ । समान खेलमा २ अङ्ककासाथ लिभरपुल १६औँ स्थानमा छ । तीन खेलमा ९ अङ्क जोडेको आर्सनल अङ्क तालिकाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP