Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

नेपाल एयरलाइन्सका अध्यक्षले संस्थालाई तहसनहस बनाए : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडाैं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल एयरलाइन्सका अध्यक्षले संस्थालाई तहसनहस बनाएको आरोप लगाएका छन्।

बुधवार नेकपा (एकीकृत समाजवादी) केन्द्रीय पर्यटन विभागले काठमाडौंमा आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौतीहरु’ विषयक गोष्ठीमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

उनले एयरलाइन्सले सबै आन्तरिक तथा वाह्य जहाजहरुलाई उडान गर्न नसकेको बताए। एयरलाइन्सका अध्यक्षले जहाजको इञ्जिन बिग्रियो भनेर इञ्जिन भाडामा ल्याउन मात्र रहर गरेको तर इञ्जिन मर्मतमा ध्यान नदिएको उनकाे भनाई छ।

जहाजको टिकटलाई अनलाइन प्रणालीमा लैजान आफूले निर्देशन दिएको भएपनि एयरलाइन्सले हालसम्म टिकटलाई अनलाइन प्रणालीमा नलगेको उनले बताए।

मन्त्री श्रेष्ठले एयरलाइन्सले मन्त्रालयसँग कुनैपनि समन्वय नगरेको भन्दै यसरी संस्था चलाएमा एयरलाइन्स समाप्त हुने बताए। मन्त्री श्रेष्ठले नेपाललाई बाह्रै महिना पर्यटकीय देशको रुपमा प्रचार भन्दै सबैले मार्च, अप्रिल, सेप्टेम्बर र अक्टोबरमा मात्र नेपाल घुम्न सकिने भनेर प्रचार गर्ने गरिएकोमा अबदेखि १२ महिना नै घुम्न सकिने देशको रुपमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP