Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नवौँ राष्ट्रिय खेलकुद : गण्डकीबाट साइक्लिङमा १६ जना छनोट

पर्वत : प्रदेश खेलकुद परिषद् गण्डकीले आयोजना गरेको प्रदेशस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङतर्फका महिला तथा पुरुष खेलाडी छनोट भएका छन्।

पोखराका विभिन्न स्थानमा भएको प्रतियोगितामा आसन्न नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी  प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी खेलाडी छनोट गरिएको कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष तथा प्रतियोगिता संयोजक शंकर भण्डारीले बताए।  प्रतियोगितामा महिलातर्फ प्रदेशबाट क्रस कन्ट्री विधामा हिमान्सु राई, सोफिया वि.क, सदीक्षा भण्डारी छनोट भएका छन्।

यस्तै, रोड रेसमा निकिता परियार बबिता परियार, स्पर्श उदास, पवित्र परियार छनोट हुँदा डाउन हिलतर्फ जमुना थापा सफल भएका छन्। छनोट भएका उनीहरूले नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट प्रतिस्पर्धा गर्ने छन्। अन्य जिल्लाहरूले साइक्लिङमा सहभागिता नजनाउँदा उनीहरूले सिधै गण्डकी प्रदेशबाट छनोट भएका हुन्।

प्रदेशबाट प्रतियोगिताको क्रस कन्ट्री विधामा कास्कीका हिक्मत विक, स्याङ्जाका सन्दीप सुधौली, तनहुँका विनोद सापकोटा र कास्कीका अनिल विक छनोट भएका छन्। डाउन हिलतर्फ कास्कीका अजय क्षेत्री र सुजन अधिकारी छानिँदा रोड रेसतर्फ कास्कीका सुमित गुरुङ र सुवास लामा छनोट भएको संयोजक भण्डारीले बताए।

कास्कीबाट मात्र पुरुषतर्फको क्रस कन्ट्रीमा हिक्मत विक, अनिल विक, आलोकश्री खड्का र अजित बराल, डाउन हिलतर्फ अजय क्षेत्री, सुजन अधिकारी र रोड रेसमा सुमित गुरुङ र सुवास लामा छनोट भएका थिए।

प्रतियोगिता क्रस  कन्ट्री, रोड रेस पोखरा–१८ मेथलाङ डाँडा र डाउन हिल पोखरा–२२ स्थित रानीवन–तितेपानी क्षेत्रमा भएको थियो। नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुँदै छ।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एन.आर.एनको एक गरी ११ टोलीले प्रतिस्पर्धा गर्दैछन्। राष्ट्रिय खेलकुदका ३६ र दुई प्रदर्शनीका खेल गरी ३८ खेलमा प्रतिस्पर्धा हुँदैछ। प्रतियोगितामा चार सय सात स्वर्ण पदकका लागि खेलाडीबिच प्रतिस्पर्धा हुने छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP