Trending
flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण

कोरोना महामारीको प्रभाव :अरु महाशक्ति हुंदा हामी आत्मनिर्भर बन्नु पर्छ

–शुरामणि बेलबासे

मानव सभ्यताको बिकास संगै संशारमा निकै ठूला महामारीहरु समय समयमा आईरहेका छन् । मानव समाजका करिब सबै पुस्ताले कुनै न कुनै महामारीको सामना गरेका छन् । हाम्रो अहिलेको पुस्ताले कोरोना महामारीको सामना गर्नु परिरहेको छ । कोरोना महामारी कसरी उत्पत्ति भयो भन्ने विषयमा आजका दिन सम्म एकिन भैसकेको छैन । यस महामारीको सम्बन्धमा अमेरिका र चीनका विचमा बिवाद देखिएको छ । चीनलाई कोरोना विशाणु उपलब्ध गराएको आरोपमा अमेरिकाले आफ्ना एकजना विशेषज्ञलाई हिरासतमा राखेको छ । पछिल्लो समयमा विभिन्न देशका बैज्ञानिकहरुले यो भाईरस प्रकृतिबाट आफै उत्पत्ति भएको र मानिसहरुबाट सर्ने कुरा प्रकाशमा ल्याएबाट यो चिनीया भाईरस नभएको पुष्टि भएको छ । तर पनि यसैका कारण अमेरिका र चीनका विचको सम्बन्ध भने थप जटिल बन्दै गएको देखिन्छ । अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प चिनसंग आफु खुसि नरहेको कुरा दिन –दिनै जसो सार्वजनिक गरेका छन् । उनले कोरोना भाईरसलाई चिनीया भाईरस भन्ने नामाकरण गरेका छन् । ट्रम्प चिन र कोरोना दुबै प्रति नराज छन् त्यसैले उन्ले मास्क पनि लगाउंदैनन र लकडाउन प्रति पनि विश्वस्त छैनन् त्यसकारण उनी समर्थक अमेरिकीहरुले त्यहांका राज्यहरुद्धारा घोषणा गरिएको लकडाउनका विरुद्धमा हतियार सहित सडकमा प्रदशन गरेका थिए । अहिले बैसाख २६ गते सांझ ९ ः २५ सम्म संशारमा कोरोना महामारीका कारण २७१९६६ जनाको मृत्यु भइसकेको छ, ३९५२८६१ जना यो महामारीबाट संक्रमित रहेकामा १३६०३८९ निको भएका र बाकीं २३२०५०६ जना जीवन र मृत्युको दोसांदमा संघर्ष गरिरहेका छन् । यस अघिका महामारीबाट यो भन्दा ठूलो संख्यामा मानिसको मृत्यु भएको छ । मृत्युका हिसावले अन्य कतिमय महामारी भन्दा कम रहे पनि संसारभरका मानिसको जीवन–प्रभावका हिसावले यसको भयातङक निकै ठूलो आयतनमा रहेको छ । संशार भरका मानिसहरु मुखमा मास्क लगाएर आफ्नै घरभित्र नजरबन्दमा रहेको इतिहासमा यो पहिलो परिघटाना हो ।
इतिाहासमा, यस पुर्वका अन्य महामारीले कुनै खास निश्चित भूगोलमा यो भन्दा ठूलो जन–धनको क्षति पुराएको थियो । सरदर १०० वर्षमा संशारमा प्रलयकारी महामारी आउने गरेको छ । आज भन्दा करिब १०० वर्ष पहिले सन् १९१८ मा आएको महामारीले संशारमा झण्डै १ करोड मानिसको ज्यान गएको थियो । त्यस पुर्व पनि त्यस्ता महामारी पटक–पटक आएका थिए । मानव समाजको इतिहासमा प्रत्येक १०० वर्षमा आउने यस्ता महा सङकटहरुले मानव जीवनको क्षति त गरेको छ नै यसले समाजमा नयाँ अबसरहरु पनि प्रदान गरेको छ । संशारमा बर्तमानमा रहेका महाशक्ति देशहरु प्राकृतिक विपत्ति, विश्व युद्ध र महामारीका कारण आर्थिक एवम शक्ति सम्पन्न बनेका हुन् । पहिलो विश्वयुद्धका कारण सोभियत रुषमा कम्युनिस्ट क्रान्ति सम्पन्न हुन सकेको हो । जर्मनी हिटलरी शासन र रुषको जाहारको शाहन सदाका लागि समाप्त भएका थिए । दोस्रो विश्वयुद्धमा जापान तहश–नहश भए पछि चिनमाथिको जापानी साम्राज्य समाप्त भएको थियो र विश्वयुद्धको जगमा चिनमा अक्टुवर क्रान्ति सम्पन्न भएको थियो । यीनै युद्धका कारण संशारमा शक्ति राष्ट्रहरु कमजोर हुने र शक्तिहीन राष्ट्रहरु शक्तिमा आउने भईरहेको छ । विभिन्न ठूला महामारीले पनि शक्तिराष्ट्रहरुलाई कमजोर बनाउने र कमजोर राष्ट्र शक्तिमा आउने प्रकृया चलेको देखिन्छ । कोरोना भाईरसका कारण अमेरीकी र युरोपीयन शाक्ति राष्ट्रहरु कमजोर बन्ने र चिन शक्तिशाली बन्ने देखिएको छ । कोरोनाले अमेरीकी र युरोपियन देशका अर्थतन्त्र तहश–नहश बनाएको छ भने चिनले कोरोना महामारीलाई नियन्त्रणमा लिइसको छ । चिनका उद्योग–व्यवसायहरु सुचारु नै छन् । कोभिड–१९ संग सम्बन्धित सामानको ८० प्रतिसत उत्पादन चिनले गरेको छ र संशारका प्राय सबै देशमा आपुर्ति गरेको छ । अमेरिका र युरोपका प्राय सबै देशमा चिनले नै सामानको आपुर्ति गरेको छ । निकट भविष्यामा चिन आर्थिक एवम शैन्य शक्तिमा विश्वको महाशक्ति राष्ट्र बन्ने प्रचुर संभावना देखिएको छ । संशारको अबको राजनीति एसियामा केन्द्रीत हुने देखिन्छ । हाम्रा छिमेकी राष्ट्र चिन र भारत निकट भविष्यका शक्ति राष्ट्र बन्ने संभावना बडेको छ । त्यसकारण पनि अबको शक्ति संघर्ष एसिया, खासगरि चिन र भारतको वरी परि केन्द्रीत हुने संभावना बडेको छ ।
कोरोना महामारीले नेपाललाई पनि केही सवक सिकाउने निश्चित छ । हाम्रो देश नेपाल प्राकृतिक हिसावले संशार कै सबैभन्दा सम्पन्न राष्ट्र हो भन्दा हामी कतिपयलाई पत्यार लाग्दैन । तर यहांको प्रकृति सम्पन्नतालाई राम्रो संग अध्ययन गरियो भने हामी यो निष्कर्षमा पुग्छौं कि हामी संशार कै सम्पन्न छौं । संशारको सबै भन्दा अग्लो सगरमाथा हामी संग छ । संशारका धेरै ठूला हिम श्रिंखलाहरु हामी संगै छन् । हामी जलश्रोतमा संशार कै दोश्रो धनी राष्ट्र हौं । पुर्वीय दर्शनको जननी स्थल हामी संगै छ । गौतम बुद्ध, सिता, भृकुटि जस्ता महामानवहरु हाम्रै देशका सन्तति हुन् । प्राकृतिक विशमताका हिसावले हाम्रो देशलाई संशारका कुनै पनि महाशक्ति राष्ट्रले प्रतिस्पर्धा गर्न सक्दैनन । त्यति मात्र होइन नेपाल संशार कै एउटा यस्तो देश हो जुन इतिहासमा कसैको गुलाम बनेको छैन । हामी संग गौरवपुर्ण इतिहास छ । बिकास सुचाङ्कका हिसाबले हामी इतिहासमा करिब एक सताब्दि पछि छौं । नेपालमा हिंज कायम गरिएका साशनले हामीलाई सम्पन्न देशका तुलनामा झण्डै १०० वर्ष पछि धकेलेका छन् । समृद्धि र सम्पन्नताका लागि पहिलो सर्त जनताको साशन व्यास्था हो, जहां जनतालाई बिकासको मूलप्रभाहमा ल्याउन संभव हुन्छ । नेपाललाई विश्वसामु अघि बडाउने, देशलाई समृद्ध बनाउने र जनतालाई सुखि बनाउने जिम्मा यस पटक जनताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सुम्पेका छन् । त्यो जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पुरा गर्नु पर्दछ ।
बिकास सुचाङ्कका हिसावले हामी अन्य देशका तुलनामा कमजोर छौं । नेपालमा राजनीतिक क्रान्ति भर्खरै सम्पन्न भएको छ, अबको काम आर्थिक क्रान्ति गर्नु हो । त्यसका लागि हाम्रो सरकारले जनमूखि बिकासको मोडेल निर्माण गर्नु पर्दछ जसले जनतालाई बिकास र रोजगारी संगसंगै प्रदान गरोस् । कोरोना महामारीका कारण बिदेशमा रहेको लाखौं युवा शक्ति अब देश मै फकिंदै छ । करिब ४०÷५० लाख इनर्जेटिक जनशक्ति देश बाहिर रहेको छ जसले बिदेशी उद्योग कारखाना चलाएर बिदेशलाई सम्पन्न बनाएको छ । यो जनशक्ति केही सिप र पुजी सहितको छ । यसको सिपलाई हाम्रो राष्ट्र निर्माणमा लगाउने नीति, योजना र कार्यक्रम हाम्रो सरकारले निर्माण गर्नु पर्दछ । हाम्रो राष्ट्रको समृद्धिका लागि यो ठूलो मौका हो । यसलाई कुनै पनि मूल्यमा चुकाउनु हुंदैन । हामी अली अल्छी छौं, देशमा मिहीनेत गर्न अली लाज पनि मान्छौं तर बिदेशका Dirty, Difficult and Dengers (D3) सबै काम हामी नै गरिरहेका हुन्छौं । हामी उत्पादन बृद्धिमा त्यति ध्यान दिंदैनौं । विदेशी रेमीटान्सका भरमा हामी सम्पन्नता खोजीरहेका छौं । विदेशमा दुख गरेर कमाएको धनलाई पनि सही सदुपयोग गरेका छैनौं । त्यसरी कमाएको धनलाई आबस्यक्ता भन्दा विलाशीतामा धेरै खर्च गरेका छौं । हामीलाई अपभोग संस्कृतिले गांजेको छ जहाँ बचत संस्कृति कमजोर छ । हाम्रा उर्वरा भूमि बांजै छन् । सामान्य खुर्सानी, गोलभेंडा, कागति, तरकारी समेत भारतको खान्छौं । आफ्नो आंगनको छेउमा एउटा गोलभेंडा समेत लगाउंदैनौं । यस पटकको कोरोना महामारीले हाम्रा दुर दराजका बस्तीहरुमा निकै ठूलो प्रभाव पारेको छ । कतिपय जनसमुदायको घरमा छाक रोकिएको छ त्यस्ता ठांउमा राहत लिएर जांदा हामीले देख्यौं हामी सारै भारत निर्भर रहेछौं । कृषिका लागि आधारभूत सुबिधा हुंदा पनि हामी केही गरेका छैनौं । हामी संग खेत बारी छ तर बांजो छन् । जहां सीप छैन, सामान्य तरिकाले आफुलाई आबस्यक पर्ने अनाज पनि उत्पादन गरिंदैन अर्काको भरमा परिएको छ त्यहां यो महामारीले ठूलो शिक्षा दिएको छ । त्यसैले अब हामी सबैले सोंच्न जरुरी छ, अब पुरानै पाराले हाम्रो जीवन सुखमय बन्दैन र देश पनि बन्दैन । हाम्रो देश अहिले पनि कृषि प्रदान हो, आर्थिक मेरुदण्ड कृषि नै हो तर देशमा अहिले सम्म एउटा राम्रो रासायनिक मल उत्पादन गर्ने उद्योग छैन । हामीले भारतबाट मल, विउ र अन्य आवस्यक औसधि ल्याउछौं । यी सबै चिजमा भारत निर्भर हुंदा हाम्रो कृषिअर्थतन्त्रमा भारतले नियन्त्रण गरेको छ । हामीलाई आबस्यक पर्दा रासायनीक मल र विउ पाउंदैनौं त्यसकारण हामीले हाम्रो देशलाई आत्म निर्भर बनाउन लाग्नु पर्छ । सरकारले देशलाई आत्म निर्भर बनाउने नीति, योजना र कार्यक्रम ल्याउनु पर्छ । हाम्रो देश भर्खरै बिजुली र मासु लगायतमा आत्म निर्भर भएको छ । यस पटकको बजेटमा हाम्रो कृषिअर्थतन्त्रलाई आत्म निर्भर बनाउने नीति, योजना र कार्यक्रम सहित कम्तिमा एउटा रासायनिक मल उत्पादन–उद्योगका लागि बजेट विनियोजन गरियोस् । हामीसबैले आफु, आफ्नो परिवार, समाज र देशलाई आत्म निर्भर बनाउन तन, मन र धन लगाऔं । यो महामारीले हामीलाई यही शिक्षा दिएको छ । सबैले मनन गरौं ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP