Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

वार्षिक उपभोक्ता मूल्यवृद्धि ८.२६ प्रतिशत

काठमाडौं: चालु आर्थिक वर्ष २०७९/८० को साउन महिनाको मूल्यवृद्धि ८ दशमलव २६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

बैंकले आज देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरी मूल्यवृद्धिको जानकारी दिएको हो। अघिल्लो वर्षको तुलनामा यस आर्थिक वर्षको पहिलो महिनामा मूल्यवृद्धि झण्डै दोब्बरले बढेको हो।

आर्थिक वर्ष २०७८/७९ को साउन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि ४ दशमलव ३५ प्रतिशत रहेको थियो । २०७८ साउनको तुलनामा २०७९ साउनमा घिउ तथा तेल १९ दशमलव ५८ प्रतिशत, फलफूल १८ दशमलव ७९ प्रतिशत, होटल तथा रेष्टुरेन्ट ११ दशमलव ८४, मदिराजन्य पेय पदार्थमा १० दशमलव २४ र दुग्ध पदार्थ तथा अण्डामा १० दशमलव १९ प्रतिशतले मूल्यवृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

गत एक महिनामा सबैभन्दा बढी तराइमा ८ दशमलव ७२ प्रतिशतले मूल्यवृद्धि भएको छ भने काठमाडौं उपत्यकामा ७ दशमलव ३९ प्रतिशतले मूल्यवृद्धि भएको छ।

त्यसैगरी पहाडमा ८ दशमलव ६४ र हिमालमा ६ दशमलव ६४ प्रतिशत मूल्य बढेको छ। यहि अवधिमा रेमिट्यान्स पनि २० दशमलव ३ प्रतिशतले बढेर ९२ अर्ब २१ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP