Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

राष्ट्रिय आविष्कार केन्द्रले बनायो अण्डाबाट चल्ला निकाल्ने इन्क्युबेटर

पर्वत : नेपालमा वैज्ञानिक अनुसन्धान तथा आविष्कारको काम गर्दै आइरहेको राष्ट्रिय आविष्कार केन्द्रले अण्डाबाट चल्ला निकाल्ने ‘इन्क्युबेटर’ मेसिनको सफल परीक्षण गरेको छ।

केन्द्रका अध्यक्ष डा. महावीर पुनका अनुसार परीक्षणको क्रममा लोकल कुखुरा, हाँस, टर्की र कालिजको चल्लाहरू सफलतापूर्वक निकालेर पालिएको छ। पुनले सामाजिक सञ्जाल फेसबुकमा मेसिनकै प्रयोगबाट निकालिएका पंक्षीहरूको फोटोसमेत सार्वजनिक गर्दै आविष्कार केन्द्रमा अनुसन्धान गर्नेहरूले केन्द्रमा नै उत्पादन गरेका पंक्षीको मासुले पुगेकाले बाहिरबाट खरिद गर्नु नपरेको पनि बताएका छन्।

उनका अनुसार परीक्षणको क्रममा करिब ७० वटा जति टर्कीको चल्ला निकालेर पालिएको थियो भने तीमध्येका ५० वटा खाइसकिएको छ। उनले अब २० वटा टर्की बाँकी रहेकोले कसैलाई टर्कीको मासु खान मन छ भने किन्न आउन पनि आह्वान गरेका छन्।

उनले प्रतिकिलो सात सय रुपैयाँका दरले टर्कीको मासु उपलब्ध गराउने बताएका छन्। तर आफूले व्यावसायिक रूपमा मासुको व्यापार गरेको नभई अनुसन्धान गर्दा निस्केको र खाएर बाँकी रहेको टर्की बेच्न राखेको बताएका छन्।

‘परीक्षणको क्रममा लोकल कुखुरा, हाँस, टर्की र कालिजको चल्लाहरू निकालेर पालिएको छ। अनुसन्धान गर्ने मांसाहारी भाइ बहिनीहरूले त्यसैको मासु पनि खान्छन्। यहाँ आविष्कार केन्द्रमा मासु किन्नु परेको छैन। ७० वटा जति टर्कीको चल्ला निकालेर पालिएको थियो। ५० वटा खाएर सिद्ध्याए। अब २० वटा जति बाँकी छ,’ उनले लेखेका छन्, ‘कसैलाई टर्कीको मासु खान मन छ भने किन्न आउनु होला। एउटा टर्की ६ किलो भन्दा बढी छ र प्रति किलो ७०० रुपैयाँ हो। अलि पछि कालिजहरू पनि बिक्रीमा हुने छन्। अनि टर्कीको व्यापार गर्न खोजेको होइन, अनुसन्धान गर्दा निस्केको र खाएर बाँकी बचेको टर्की बेच्न राखेको हो। जान्ने भएर कमेन्ट नगर्नुहोला। अनावश्यक र होच्याएर कमेन्ट गर्नेलाई ब्लक हान्न थालेको छु।’

परीक्षण सफल भइसकेपछि केन्द्रले पाँच सय र १५ सय वटा अण्डा राखेर चल्ला उत्पादन गर्नसक्ने दुई फरक क्षमताका इन्क्युबेटर बिक्रीमा रहेको पुनले बताएका छन्। पाँच सय वटा अण्डाको क्षमता रहेको मेसिनको मूल्य ६५ हजार र १५ सय अण्डाको क्षमता रहेको मेसिनको मूल्य एक लाख २५ हजार रुपैयाँ निर्धारण गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP