Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अलैँचीकाे मूल्य ११ हजार रुपैयाँले घट्याे : बजार व्यवस्थापन गरिदिन सरकारसँग किसानकाे माग

ताप्लेजुङ – आठ वर्ष पहिले प्रतिमन (४० किलो)को एक लाख २० हजार रुपैयाँसम्ममा बिक्री भएपछि खोल्सीको कालो सुनको परिचय पाएको अलैँचीको मूल्यमा यो वर्ष ह्रास आएको छ । नयाँ उत्पादन बिक्री सुरु भएसँगै यो सिजनमा गएकाे वर्ष ताप्लेजुङमा प्रतिमन ३८ हजार रुपैयाँले बिक्री भएको थियो । तर, यस वर्ष भने मूल्य घटेर २७ हजार रुपैयाँमा झरेको छ ।

यो वर्ष उत्पादन बढी हुने देखिएको छ । तर, अन्तर्राष्ट्रिय बजारमा कम माग हुँदा मूल्यमा ह्रास आएको अलैँची व्यवसायी महासंघ ताप्लेजुङका अध्यक्ष बलमणि बरालले जानकारी दिनुभयो । हरेक वर्ष अलैँचीको बजार मूल्यमा उतार–चढाव आइरहने गर्दछ । गएकाे वर्ष दशैँतिहारको सेरोफेरोमा मन (४० केजी) को ५२ हजार रुपैयाँसम्म पनि पुगेको थियो । मूल्य बढेपछि किसान धेरै उत्साहित भएका पनि थिए । तर अहिले अलैँचीको मूल्य घटेपछि किसानमा निराशा छाएको अध्यक्ष बरालले बताउनुभयो ।

अध्यक्ष बरालले नेपाल सरकारलाई कटाक्ष गर्दै भन्नुभयो,- ‘किसानलाई अलैँची सुकाउने भट्टी लगायत सामाग्री बाँडेर अब अलैँचीको बजार नै भएन भने के काम ? त्यसको सट्टा बजारको राम्रो व्यवस्था गरेर सहज रुपमा अलैँची बिक्री हुने वतावरण मिलाए पुग्ने थियो ।’ 

अन्तर्राष्ट्रिय बजारमा रुस–युक्रेनबीचको युद्धका कारण भएकाे आर्थक मन्दीले अलैँचीको माग घटेको व्यवसायी बताउँछन ।  मुस्लिम देश खाडी लगायतका देशले विभिन्न परिकार स्वादिलो पार्न अलैँची  बढी प्रयोग गर्ने हुनाले त्यस क्षेत्रमा यो धेरै बिक्री हुने गरेको थियो । भारत हुँदै खाडि देशमा धेरै अलैँची खपत हुने गरेकोमा भारतबाट नै अलैँचीको माग नआएपछि व्यापारीहरु छक्क परेका छन् । 

अलैँची बढी खपत हुने देश पाकिस्तानमा बाढीको प्रकोप, अफगानिस्तानको आन्तरिक द्वन्द्वका कारणले पनि यसको माग घटेको व्यावसायीहरु बताउँछन् ।  अहिले बजारमा जति माग भइरहेको छ, त्यसको पूर्ति भारत र भुटानबाट भइरहेको अलैँची व्यवसायी दिनेश अधिकारीले बताउनुभयो । 

अहिलेसम्म अलैँची व्यापारीको अन्तर्राष्ट्रिय बजारमा पहुँच नै छैन । नेपाली व्यापारीले सिधै विश्व बजारमा लगेर बेच्न नपाउने अवस्थाले नेपाली अलैँचीले अपेक्षित मूल्य नपाउने व्यापारीहरुको गुनासो छ । नेपाली अलैँची भारतीय व्यापारीले भारतकै फलको रूपमा आफ्नै ट्रेड मार्कमा अन्य देशमा बेच्ने गर्छन् । भारतीय व्यापारीले भारत र भुटानमा उत्पादित अलैँची बिक्री गरिसकेपछि मात्रै बजार माग भए नेपालबाट मगाउने गरेको व्यावसायीहरु बताउँछन् । 

गुणस्तरका हिसाबले नेपाली अलैँची धेरै राम्रो मानिए पनि बिक्रीका लागि भारतीय व्यापारीको मुख ताक्नु पर्ने बाध्यता चाँडै हटाउन सरकारले पहल गर्नुपर्ने आवश्यकता रहेकाे अर्का अलैँची व्यवसायी भद्रबीर रेग्मीले बताउनुभयो । नेपाली अलैँची विश्व बजारमा सहज रुपले बिक्री गर्न पाउने अवस्था आउँदा मूल्य पनि राम्रो आउने व्यापारी रेग्मीको भनाइ छ । यसको लागि चाँडै नेपाली अलैँचीलाई आफ्नै ट्रेडमार्क र मान्यता दिलाउन र पूर्वी नेपालको भारतीय नाका काँकडभिट्टा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर मापन उपकरण राख्ने व्यवस्था गर्ने हो भने अवस्य पनि नेपाली अलैँची किसानले मूल्य पाउने व्यवसायीहरुकाे भनाइ छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP