Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

टी-२० विश्वकप : स्कटल्यान्डसँग वेस्टइन्डिज पराजित

टी-२० विश्वकपमा वेस्टइन्डिज एशोसिएट राष्ट्र स्कटल्यान्डसँग पराजित भएको छ।

अस्ट्रेलियाको होबर्टमा भएको समूह ‘बी’ अन्तर्गतको पहिलो चरणको खेलमा स्कटल्यान्डले वेस्टइन्डिजलाई ४२ रनले पराजित गर्‍यो। टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्यान्डले सोमबार निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो।  

वेस्टइन्डिज १ सय १८ रनमा समेटिएपछि स्कटल्यान्डले सहज जित निकालेको हो। टी-२० वरियतामा सातौं नम्बरमा रहेको वेस्टइन्डिज १५ औं वरियतामा रहेको स्कटल्यान्डसामु निरीह रह्यो।

उसका लागि जेसन होल्डरले ३८ रन बनाउनु नै व्यक्तिगत सर्वाधिक रनका रुपमा रह्यो। थप दोहोरो स्कोरका रुपमा ओपनर केल मयर्सले २० रन बनाउँदा ब्रेन्डन किंग्सले १७ तथा एभिन लुइसले १४ रन बनाएका थिए।

स्कटल्यान्डका लागि मार्क वाटले ३ विकेट लिँदा ब्राड ह्वेल र माइकल लेअक्सले २-२ विकेट लिएका थिए।

त्यसअघि पहिलो ब्याटिङ गरेको स्कटल्यान्डले जर्ज मुन्सेको ६६ रनको अर्धशतकीय इनिङमा १ सय ६० रनको स्कोर तयार गरेको थियो। माइकल जोनेसले २० रन बनाउँदा कलुम म्याकलियोडले २३ तथा कप्तान रिची बेरिङटनले १६ रन बनाएका थिए।

वेस्टइन्डिजका अलजारी जोसेप र जेसन होल्डरले २-२ विकेट लिएका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP