Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

उपेक्षित उष्णप्रदेशीय रोग उन्मूलन गर्ने कपिलबस्तुका सरोकारवालाको प्रतिबद्धता

कपिलबस्तु, माघ १७ ।
उपेक्षित उष्णप्रदेशीय रोगका कारण जनस्वास्थ्यमा गम्भीर असर परिरहेको भन्दै उक्त रोगको उन्मूलन गर्न कपिलबस्तुका सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । ‘अहिले गरौं, एकै साथ गरौं, उपेक्षित उष्णप्रदेशीय रोगहरुमा लगानी गरौं’ भन्ने नारासहित विश्व उपेक्षित उष्ण प्रदेशीय रोग दिवस २०७९ को अवसरमा स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशले सोमबार तौलिहवामा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले उपेक्षित उष्णप्रदेशीय रोगहरु उन्मूलन गर्न भूमिका खेल्ने प्रतिबद्धता जनाएका हुन् ।

उपेक्षित रोगहरु जस्तै कुष्ठरोग, हात्तीपाइले, जुका, डेंगु र चिकनगुनिया, रेविज, सर्पदंश, लुतो, कालाजार जस्ता ११ रोगको उन्मूलन गर्न भूमिका खेल्ने प्रतिबद्धता जनाए । तत्काल समस्या नदेखिने तर मान्छेलाई मृत्युको मुखसम्म पु¥याउने यस्ता उपेक्षित रोग लाग्दा मानिसहरुले वेवास्ता गर्ने गरेको स्वास्थ्य निर्देशनालय लुम्बिनीले जनाएको छ ।

‘लुम्बिनी प्रदेश अन्र्तगत कपिलबस्तु जिल्लामा हात्तीपाइले बिरामीको संख्या रणनीतिक हिसाबमा कमी नआएको कारण आगामी फागुन ११ गतेदेखि हात्तीपाइले अभियान संचालन गर्ने तयारीमा रहेका छौं,’– लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले भने– ‘यो बर्ष कपिलबस्तुमा १५ औं पटक अभियान संचालन गर्ने तयारीमा छौं ।

लुम्बिनी प्रदेशका तीन जिल्ला कपिलबस्तु, दाङ र बाँके जिल्लामा हात्तीपाइले निवारण अभियान संचालन गर्ने चौधरीले बताए । ‘उपेक्षित रोगहरुले विस्तारै समस्यामा पार्ने भएकाले स्वयं विरामीले पनि वेवास्ता गर्दा ज्यानै जाने अवस्था आउँछ, उनले भने– यसतर्फ सबै सरोकारवाला जिम्मेवार हुनुपर्छ ।’

उपेक्षित रोगमध्ये लुम्बिनी प्रदेशमा कुष्ठ रोग, हात्तीपाइले र कालाजारजस्ता रोगहरु अहिले पनि जनस्वास्थ्य समस्याका रुपमा रहेको मन्त्रालयले जनाएको छ । यस्ता रोगको नियन्त्रणमा राज्य र स्वयं सर्वसाधारणले समेत वेवास्ता गरिरहेको भन्दै सन् २०३० सम्म नेपालबाटै यस्ता रोगको अन्त्य गर्न प्रतिबद्धताअनुसार काम गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

राष्ट्यि हात्तीपाइले रोग निवारण कार्यक्रम अन्र्तगत आम औषधी सेवन अभियान २०७९ अन्र्तगत यसबर्ष प्रभावकारी रुपमा औषधीको सेवन गर्ने÷गराउने कार्यलाई निरन्तरता दिएको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका उपेक्षित उष्णप्रदेशीय रोगका फोकल पर्सन खिमलाल पाण्डेले बताए । गतबर्ष कपिलबस्तुमा ९२ प्रतिशत जनतामा औषधी सेवन गराउन सफल भएको समेत उनले बताए । ‘जिल्लामा बिभिन्न धर्मगुरु, बिद्यालय तथा अन्य समुदाय लक्षित अभियानलाई शतप्रतिशतमा पुर्याउने तयारी हाम्रो छ, उनले भने ’।

संघ र प्रदेश बीचमा स्वास्थ्य क्षेत्रमा काम गर्नका लागी कार्यविधि निर्माण गरि एकद्धार प्रणाली मार्फत सेवा प्रवाह गर्ने कार्यलाई निरन्तरता दिएको लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक नोद नारायण चौधरीले बताए । प्रदेशमा मुख्यतया स्वास्थ्य क्षेत्रमा कार्य गरिरहेका गैरसरकारी संस्था तथा बिभिन्न संघसंस्थाहरुसंग समन्वय मार्फत रोडम्याप तयार गरि काम गरिरहेका छौं, चौधरीले भने ।

जिल्लाका सबै स्थानीय तहहरुसंगको समन्वयमा कपिलबस्तुमा यो अभियानलाई प्रभावकारी तवरले संचालन गर्ने स्वास्थ्य कार्यालयका प्रमुख अनिरुद्ध श्रीवास्तवले बताए । राष्ट्यि हात्तीपाइले रोग निवारण कार्यक्रम अन्र्तगत जिल्लामा फागुन १८ गतेबाट आम औषधी सेवन अभियान २०७९ शुरु हुने श्रीवास्तवले बताए ।
स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेयको प्रमुख आतिथ्यता र संचालन स्वास्थ्य कार्यालयका फोकल पर्सन उमेश घिमिरको रहेको थियो ।

युएसएआईडी, एनटिडिएस्, आरटिआई इन्टरनेशनल, फेयरमेड र कालिका स्वाबलम्बन सामाजिक केन्द्र कपिलबस्तुको साझेदारी संस्थाको सहयोगमा जिल्लामा उपेक्षित रोग उन्मूलन अभियान संचालन हुने जनाइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP