Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

स्वास्थ्य सेवा प्रवर्द्धन लागी मिडिया पैरवी आवश्यक

कपिलबस्तु, फाल्गुण १ ।
स्वास्थ्य प्रवर्द्धन सेवालाई प्रभावकारी र जनमुखी बनाउनका लागी मिडियाकर्मीको भूमिका महत्वपूर्ण रहेको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका स्वास्थ्य शिक्षा निर्देशक भरत बहादुर कुँवरले बताएका छन् । अहिले सम्म राज्यले समेत उपचारात्मक सेवालाई मात्र प्राथमिकतामा राखेकाले अब निरोधात्मक सेवालाई जोड दिनुपर्ने उनले बताए ।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको आयोजनामा कपिलबस्तुका संचारकर्मी र स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी कार्यक्रममा उनले यस्तो बताएका हुन् । अहिले अस्वस्थ जीवनशैलीका कारण मानिसहरु नसर्ने रोगको भागिदार भईरहेको कुवँर बताउछन् । हाम्रो जीवनशैली आरामदायी बन्दै गएको छ, उनले भने– मानिस निरोगी हुनका लागी दैनिक शारीरिक व्यायाम, आराम, सन्तुलित आहारको सन्तुलन मिलाउन आवश्यक छ ।

उनले डाक्टरको भन्दा पनि पत्रकारले लेखेका कुरामा आमजनताले छिटो बिश्वास गर्ने र त्यसैका पछि आमजनता लाग्ने हुँदा सर्वसाधारणलाई भ्रमित हुने र स्वास्थ्यसङ्ग प्रत्यक्ष जोडिएका कुरा सहि सत्यतथ्य रुपमा सर्वसाधारण माझ पुर्याउन कार्यक्रममा उपस्थित मिडियाकर्मीलाई आग्रह समेत गरे ।

यस्तै कपिलबस्तु नगरपालिकाले स्वास्थ्य सम्बन्धि गरेको काम र आगामी योजनाको बारेमा स्वास्थ्य शाखाका प्रमुख उमेश गुप्ताले जानकारी गराए । नसर्ने रोगको अवस्था अहिले विकराल बन्दै गएको गुप्ता बताउँछन् । उनले मुटु, प्रेसर जस्ता नसर्ने रोग अहिले घातक बनेको भन्दै त्यसबारेमा पैरवी तथा उपचारलाई प्राथमिकता दिइएको बताए ।

मानिस निरोगी हुन दैनिक शारीरिक व्यायाम, आराम, सन्तुलित आहारको सन्तुलन मिलाउन आवश्यक रहेको स्वास्थ्यकर्मी बताउँछन् । उनले कपिलबस्तुमा रहेका स्वास्थ्य संस्थाहरुको संख्या र अवस्था, खोप, पोषण, सुरक्षित मातृत्व कार्यक्रम, परिवार नियोजन कार्यक्रमको वर्तमान अवस्था लगायतका बारेमा जानकारी गराएका थिए । कपिलबस्तु नगरपालिका स्वास्थ्य शाखाबाट भएका स्वास्थ्य सम्बन्धि सेवा र सचेतनाका कार्यक्रमबारे गुप्ताले प्रष्ट पारेका थिए ।

नेपाल पत्रकार महासंघ कपिलबस्तुका अध्यक्ष किरणमान बज्राचार्यले स्वास्थ्य प्रबर्द्धनका लागि मिडियाले पैरवी गरिरहेको बताए । उनले स्वास्थ्य प्रबर्द्धन सेवालाई अगाडि बढाउन महासंघ समन्वय र सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा कपिलबस्तु नगरपालिकाका सिनियर अनमी निरीक्षक उमा थापा, ७ वटा स्वास्थ्य चौकीका प्रमुख, ५ वटा आधारभूत स्वास्थ्य चौकी प्रमुख, १ नगर स्वास्थ्यका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP