Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कतारले नेपाललाई दियो ७५ रनको विजयी लक्ष्य

१८ भदौ,  काठमाडौं : आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा कतारले नेपाललाई ७५ रनको विजयी लक्ष्य दिएको छ।

मलेसियाको बांगीमा टस हारेर ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनायो। कतारका लागि साक्षी दधवालले सर्वाधिक २१ रन बनाइन्। ४४ बल खेलेकी उनी इन्दू बर्माको बलमा एलबिडब्लू भइन्। त्यस्तै एलिना खानले १५ रन बनाएर रन आउट भइन्। कप्तान आइसाले १० रन बनाइन भने एन्जलेनी मरेले १४ रन बनाइन्।

कतारलाई सस्तैमा समेट्न नेपालकी इन्दू बर्माले ३ विकेट लिइन भने पुजा महतो र कविता जोशीले एक एक विकेट लिए।

आजको खेल जिते नेपालले सेमिफाइनलमा स्थान बनाउने छ। लगातार तेस्रो जित निकालेको नेपालले ६ अंक रहेको छ भने कतार तिनै खेलमा पराजित भएको छ। उसले अहिलेसम्म अंक जोड्न सकेको छैन्।

आइतबार भएको भएको खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको थियो। नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो। नेपालले अर्को खेलमा बुधबार यूएईसँग खेल्ने छ। युएई अंक तालिकाको शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ।

११ टोली सम्मिलित प्रतियोगितामा नेपालको समूहमा ६ टोली रहेका छन्। समूह ए को शीर्ष दुई टोली मात्र सेमिफाइनलमा पुग्नेछन्। नेपाल सेमिफाइनलमा पुगेको खण्डमा समूह बी का हङकङ, थाइल्याण्ड र कुवेतमध्ये एकसँग खेल्ने संभावना छ।

समूह बी मा ३ खेलबाट ६ अंक बटुलेको हङकङ शीर्षस्थानमा छ। थाइल्यान्डको २ खेलबाट ४ अंक जोडेको छ। कुवेतले पनि एक खेल जित्दै २ अंक पाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP