Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

देशभर क्रिकेट मैदान निर्माण गरिँदै

२० भदौ,  काठमाडौं : नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता बढेसँगै क्रिकेट खेलका लागि मैदानसहितका आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ। सरकारले देशका विभिन्न भागमा खेलकुद पूर्वाधारका रूपमा क्रिकेट मैदान र रंगशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ।

काठमाडौँको मूलपानीस्थित क्रिकेट रंगशाला निर्माण आयोजनाको ३५ प्रतिशत काम सम्पन्न भइसकेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ। यो रंगशालाको भीआईपी प्यारापिट ब्लक ढलान भई प्लास्टरको काम भइरहेको छ।

यस्तै भैरहवा क्रिकेट रंगशालामा ‘ब्लक बी’ आयोजनाको २२ दशमलव पाँच प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमीको ‘ब्लक एच’ र कास्कीको पोखरा क्रिकेट रंगशालाको एउटा ब्लक निर्माण शुरु भएको मन्त्रालयको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति समीक्षा कार्यक्रममा जानकारी दिइयो।

यसैगरी कञ्चनपुरको महेन्द्रनगरस्थित क्रिकेट रंगशाला निर्माणका लागि मैदान तयार गर्ने कार्य भएको छ भने सुर्खेत क्रिकेट खेल मैदानको काम चालु छ। काठमाडौंको बूढानीलकण्ठ क्रिकेट रंगशाला मैदानको कार्य सुरु गरिएको छ भने गण्डकी प्रदेशको पोखरा रंगशाला निर्माण आयोजना सम्पन्न भएको छ।

सुदुरपश्चिम प्रदेशमा कैलालीको धनगढी रंगशालाको ४६ प्रतिशत निर्माणकार्य सम्पन्न भएको मन्त्रालयले जनाएको छ। नेपालगञ्ज रंगशालामा भने सेन्थेटिक ट्रयाक निर्माणका लागि ड्रेन ढलान भइरहेको छ। आयोजनाको ७७ प्रतिशत निर्माण पूरा भएको छ।

बाराको सिमरा रंगशालाको ४१ प्रतिशत, नारायणी रंगशालाको २० प्रतिशत, पाँचथरको फिदिम रंगशालाको १५.८५ प्रतिशत तथा सुनसरीको धरान रंगशालाको ५४ प्रतिशत निर्माण पूरा भएको छ। पोखरा रंगशालामा बोरिङ निर्माण शुरु गरिएको छ भने ललितपुरमा च्यासल रंगशाला निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ।

नारायणी कभर्डहलको निर्माणको ३० प्रतिशत, चुनिखेल कभर्डहलको २० प्रतिशत र रामेछापको सुनापति राष्ट्रिय स्मृति कभर्ड हलको २० प्रतिशत निर्माण पूरा भएको छ। हाइ अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणका लागि मनाङको तिमाङमा खेलमैदान सम्याउने, घेराबार गर्ने र पर्खाल लगाउने काम भइरहेको छ भने जुम्लामा मैदान सम्याउने काम पूरा भएको छ।

काठमाडौँको कागेश्वरी मनोहरामा खेलाडी आवासगृह र ललितपुरको सातदोबाटोमा तेक्वान्दो खेलाडीका लागि आवासगृह निर्माण गर्न डीपीआर तयार भएको मन्त्रालयको समीक्षा प्रतिवेदनमा उल्लेख छ। निर्माण सम्पन्न भएका पूर्वाधारको नियमित सम्भारका लागि बजेट व्यवस्थापन र केन्द्र, प्रदेश र स्थानीय तहका विभिन्न खेल मैदानका लागि रकम विनियोजन गर्ने कार्यलाई पनि सरकारले नियमित गरेको छ। सरकारले आगामी २०८१ सालमा कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधार निर्माणका लागि बजेटको आवश्यक जोहो गरिरहेको मन्त्रालयले जनाएको छ।

नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वमा रही निर्णायक भूमिका खेल्नुभएका पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको नाममा सञ्चालनमा रहेको रंगशालालाई अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रंगशालाका रूपमा विकास गर्न राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने सोच मन्त्रालयले अघि सारेको छ।

मन्त्रालयले खेलकुद पूर्वाधार निर्माणको लक्षित प्रगति समयमै हासिल गर्न केही ठूला पूर्वाधार निर्माणकार्य प्राविधिक जनशक्ति भएको उपयुक्त सरकारी निकायमार्फत गर्न सिफारिस गर्ने निर्णय पनि गरेको छ। मुलुकलाई विश्व जगतमा परिचित गराउने, राष्ट्रको इज्जत र प्रतिष्ठा बढाउने तथा कूटनीतिक सम्बन्ध विस्तारमा खेलकुद क्षेत्रको महत्त्वपूर्ण योगदान हुँदै आएको छ।

सरकारले तीन तहकै सरकारको समन्वय र सहकार्यमा खेलकुद पूर्वाधारको निर्माण, संरक्षण र स्तरोन्नति गर्ने नीति अघि सारेको छ। खेलकुद पूर्वाधारको विकास, व्यवस्थापन र गतिविधि सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने मन्त्रालयको प्रतिबद्धता छ। प्रतिभावान खेलाडी पहिचान, क्षमता विकास तथा प्रोत्साहन गर्ने तथा समाजमा खेलकुदको महत्व स्थापित गर्दै सबैलाई खेलकुदमा सहभागी हुने अवसर सिर्जना गर्ने सरकारले अठोट लिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP