Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एसिया कपमा आज भारत र पाकिस्तान भिड्दै

२४ भदौ,  काठमाडौं : एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ।

यो खेल श्रीलंकाको प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार अपरान्ह सवा ३ बजेदेखि सुरु हुनेछ। सुपर फोर अन्तर्गत पाकिस्तानले यसअघि बंगलादेशलाई पराजित गरेको छ भने भारतले सुपर फोरमा पहिलो खेल खेल्दै छ।

यस एसिया कपमा भारत र पाकिस्तानबीच दोस्रो पटक भिडन्त हुदैछ। समुह चरणमा भएको खेल वर्षाले रद्ध भएपछि दुवैले बाँडेका थिए। सो खेलमा भारतले पहिला ब्याटिंग गरेर २६६ रन बनाएपनि वर्षाले पाकिस्तानको ब्याटिंग शुरु नै हुन सकेको थिएन भारत र पाकिस्तानबीचको यो खेलमा एक दिन ुरिजर्भ डेु हुने भएको छ।

एशियन क्रिकेट काउन्सिल (एसीसी) ले कोलम्बोमा वर्षाको अनुमानपछि यो खेलमा एक दिन रिजर्भ डे हुने औपचारिक घोषणा गरको छ। जारी एशिया कपमा फाइनल बाहेक यस खेलको लागि मात्र ुरिजर्भ डेु को व्यवस्था गरिएको हो।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भारत र पाकिस्तान अहिलेसम्म १३३ पटक आमने सामने भएका छन्। जसमा पाकिस्तानले ७३ खेलमा जित हासिल गरेको छ भने भारतले ५५ खेलमा जितेको छ। त्यस्तै ५ खेलको नतिजा निस्केको छैन।

त्यस्तै एसिया कपको इतिहासमा भने भारत र पाकिस्तान यसअघि १७ पटक आमने सामने भएका छन्। जसमा भारतले ९ खेल जितेको छ भने पाकिस्तानले ६ खेल जितेको छ। त्यस्तै २ खेल नतिजाविहिन बनेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP