Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

स्पेनिस फुटबल महासंघका अध्यक्षले दिए राजीनामा

२५ भदौ,  काठमाडौं : स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले राजीनामा दिएका छन्।

महिला विश्वकप २०२३ को फाइनलपछिको समारोहमा स्पेनकी फरवार्ड जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेको भन्दै आलोचना भएपछि उनले २० औं दिनमा राजीनामा दिएका हुन्। ३३ वर्षीया हर्मोसोले चुम्बन सहमतिमा नभएको भन्दै गत मंगलबार उजुरी दिएकी थिइन्। रुबियालेसले महासंघका कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई राजीनामा बुझाएको बताएका हुन्।

४६ वर्षीय उनले युइएफएको कार्यकारी समितिको उपाध्यक्ष पदबाट पनि राजीनामा दिएका छन्। चुम्बनका कारण स्पेनी फुटबल विवादित बनेको थियो। इंग्ल्यान्डलाई हराएर विश्व विजेता बनेको स्पेनिन महिला टिमको सफलता छायामा पारेको थियो।

आलोचना भएर राजीनामा माग भए पनि रुबियालेसले राजीनामा इन्कार गर्दै आएका थिए। स्पेनिस फरवार्डमाथि यौन दुर्व्यवहार र जबरजस्ती गरेको अध्यक्षमाथि आरोप लगाइएको छ।

रुबियालेसले चुम्बन आपसी र सहमति भएको दाबी गरे पनि फुटबलको विश्व प्रशासनिक निकाय फिफाले अस्थायी रूपमा उनलाई निलम्बन गरेको थियो। विश्वकप विजेतासहित ८१ खेलाडीले रुबियालेस रहँदा राष्ट्रिय टोलीबाट नखेल्ने बताएका थिए।

राजनीतिज्ञ, फुटबलर र सेलिब्रेटीहरू रुबियाल्सकोविरुद्धमा बोलेका थिए। स्पेनको कानुन अनुसार यौन दुर्व्यवहारको आरोपमा जरिवानादेखि चार वर्षसम्मको जेल सजाय हुन सक्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP